पोखरा(कास्की), ३० मंसिर। पोखरा प्रिमिएर लिगको दोस्रो संस्करण अन्तरगत सोमबार भएको पहिलो खेलमा पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटान्सलाई ५ रनले पराजित गरेको छ ।
पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा धनगढी ब्लुजले दिएको १ सय १८ रनको लक्ष्य बिराटनगरले पूूरा गर्न सकेन । उसले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्र बनायो र नतिजा धनगढीलाई सुम्पियो।
खेलमा बिराटनगर टाइटन्सका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाएका थिए । उसका लागि सुनिल धमलाले १८ रन बनाए े । पुनित मेहेरा १५ रन बनाएर आउट भए । भने प्रदीपले १० रन मात्र बनाउन सके । किशोर महतो ८ रन बनाएर दिपेन्द्रको बलमा बोल्ड हुन पुगे ।
विराटनगरका ओपनर मुहम्मद जेद आलम र दिलिपनाथ खाता नखोली आउट भए। आलम कमल सिङ् ऐरीको बलमा आउट भएका थिए भने दिलिप नाथलाई धनगढीका कप्तान दीपेन्द्रले रन आउट गराए ।बिराटनगरका कप्तान प्रदीप ऐरीलाई धनगढ़ीका सागर ढकालले अमित यादवको हातबाट क्याच आउट गराए ।
बिराटनगरलाई रोक्ने क्रममा धनगढ़ीकाकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट हात पारे। ऐरीले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ३ रन खर्चिए। यस्तै सागर ढकालले २ विकेट हात पारे । कमल सिङ् ऐरी, अनिल खरेल र अमित यादवले समान १ । १ विकेट लिए।
यसघि पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको क्षतिमा १ सय १७ रन बनाएकोे थियो ।
धनगढीका लागि कमल ऐरीले सर्वाधिक २६ बनाए भने अर्का विष्फोटक ब्याटसम्यान श्रीमंथ विजेरत्ने २५ रन बनाएर आउट भए। ओपनर रोड्रिगो थोमस १६ रन बनाएर पवेलियन फर्किए। सौरभ खनालले १२ रन बनाएर भने मञ्जित श्रेष्ठले ११ रन बनाए । सन्दीप जोरा ७ रनमा आउट हुन् पुगे ।धनगढीका ओपनर सन्दीप सुनार ३ रनमा नै किशोर महतोको बलमा जितेन्द्र मुखियाको हातबाट क्याच हुन् पुगेका थिए भने सागर ढकालले १ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट भएका थिए।
धनगढीलाई रोक्ने क्रममा बिराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट, नोमान खानले २ विकेट लिए भने किशोर महतो,मुहम्मद जेद आलम र पुनित मेहेराले समान १।१ विकेट लिए ।


















