Prakash Adhikari March 8, 2020

 

काठमाडौं, २५ फागुन । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार फागुन २९ गतेदेखि हुने भएको छ।

गत पुस २५ गते छुट्टाछुट्टै बसेको यी दुबै बैंकको साधारण सभाले प्राइमले कैलाशलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकले सो एक्विजिशनलाई गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले गत फागुन २१ गते स्वीकृति दिएको थियो।

एकीकृत कारोबार गर्दा दुबै बैंकको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले फागुन २८ गते एक दिन दुबै बैंकको बैंकिङ्ग, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सेवाहरु बन्द रहने छन्।

Share Now

Leave a comment.