Prakash Adhikari March 9, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २६ फागुन । घातक कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकाका ४ राज्यमा संकटकाल लगाइएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमण बढेको जनाउदै शनिवार न्यूयोर्कका गभर्नर एण्ड्र्यु कुमोले संकटकालको घोषणा गरिएको जानकारी दिएका थिए ।

न्यूयोर्कमा ८९ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको छ । अधिकांश संक्रमितहरुको ट्राभल हिस्ट्री नभएको र समुदायमा घुलमिलका कारण सो रोग लागेको आशंका गरिएपछि संकटकाल लगाइएको अनुमान गरिएको छ ।

पछिल्लो समय न्यूयोर्कका एक उवर ड्राइभरमा कोरोना संक्रमणदेखिएपछि उनको सम्पर्कमा भएकालाई सो रोग सरेको हुन सक्ने अनुमान गरिएको छ ।

विगत पांच दिनमा न्युयोर्कमा संक्रमितको संख्या दोब्बर भएको छ । न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले हजारौं व्यक्तिहरु आफै क्वारेन्टाइनमा बसेको अनुमान गरेका छन ।

अमेरिकामा कोरोना भाइरसबाट ४ सय ३९ जना सक्रमित बनेका छन । मृतकको संख्या १९ पुगेको छ । मृतकहरु वसिङ्गटन, क्यालिफोर्निया र फ्लोरिडाका रहेका छन । न्यूयोर्क भन्दा पहिले वसिङ्गटन, तथा फ्लोरिडामा संकटकाल लगाइएको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको नोभेल कोरोना भाइरसले अहिलेसम्म विश्वका १ लाख ५ हजारभन्दा धेरै मानिसहरु संक्रमित भएका छन । त्यसमध्ये मृतकको संख्या ४ हजारको निकट पुग्न लागेको छ ।

चीनपछि सबैभन्दा धेरै संक्रमण इरानमा देखिएको छ भने कोरियामा पनि कोरोनाको विस्तार डरलाग्दो देखिएको छ ।
त्यसैगरी युरोपमा सबैभन्दा बढी कोरोना संड.क्रमण हुने मुलुकमा इटली रहेको छ । इटलीमा हालसम्म २ सय ३३ भन्दा धेरैले यस घातक रोगको कारण जीवन गुमाएका छन् ।

Share Now

Leave a comment.