Prakash Adhikari March 30, 2020

 

गीता पांडेय / बीबीसी न्यूज़, दिल्ली

सारा विश्वलाई त्रसित बनाईरहेको कोरोना भाइरसविरुद्धको लडाईमा विपन्न मुलुकलाई सबल बनाउने कार्यका भारतकी एक महिला मिनाल देखावे भोश्लेको योगदान महत्वपूर्ण छ । उनले जसरी छोटो समयमा कोरोना भाइरसको परीक्षण गर्ने गुणस्तरीय टेस्ट किटको विकास गरेर बजारमा ल्याइन, त्यसले भारतसहित विश्वका विपन्न मुलुकहरुले यस रोग विरुद्धको लडाईमा आफूलार्ई उभ्याउन सक्ने अवस्थामा पुर्याएको छ ।

त्यसो त भारतसहित दक्षिण एशियाका देशमा जनसंख्याको अनुपातमा कोरोना भाइरस संक्रमणका सन्देहास्पद बिरामीहरुको समेत परीक्षण नगरिएको आरोप लाग्ने गरेको छ । त्यसको एउटै कारण हो यी देशहरुसंग यस्तो भाइरस परीक्षण गर्ने विश्वसनीय र सस्ता उपकरण अर्थात टेस्ट किट छैनन् ।

भारतसहित अन्य देशहरुलार्ई यो यथार्थ अवस्थाबाट बाहिर निकाल्न मिनाल भोश्लेले दिलोज्यानले काम गरिन । आफू सुत्केरी हुन लेबोर रुपमा प्रवेश गर्नु अगाडिसम्म निरन्तर अथक परिश्रम गरी उनले कोरोना परीक्षणको लागि किफायती र गुणस्तरीय पहिलो कारगर टेस्ट किट बनाइन र बजारमा पुग्ने बन्दोबस्त गरिन ।

गएको बिहिबार मात्र भारतको पुणेको माईल्याब डिस्कभरीमा निर्मित कोरोना भाइरस टेस्ट किट बजार पुग्यो । उसलाई आफूले निर्माण गरेको टेष्ट किटको गुणस्तर सिद्ध गरी बजारमा बेच्ने अधिकार हालैमात्र मिलेको थियो । यसै हप्ता भारतको पुणे,मुम्बई,दिल्ली,गोवा र बैंगलुरुमा यो टेष्ट किटको पहिलो खेप पठाइदैछ । यसको दोस्रो खेप सोमबार जाँदैछ ।

यो अणु विश्लेषक कम्पनीले एचआईभी, हेपाटाइटिस बी र सी सहित कैंयो रोगको परीक्षणको लागि टेष्ट किट विकास गरी बजारमा पुर्याएर औषधोपचारको क्षेत्रमा ठूलो सेवा पुर्याउदै आएको छ । कम्पनीले एक हप्ताको बीचमा यस्ता १ लाख टेष्ट किट उत्पादन गरी बजारमा पु्याउने दावा गरिरहेको छ । आवश्यकता परेमा यसको क्षमता दोब्बर पारी २ लाख सम्म उत्पादन गर्न सकिने पनि बताएको छ ।

गर्भवती भाइरोलोजिष्टले बनाएकी थिइन यो किट

कोरोना

माइल्याबको प्रत्येक टेष्ट किटले १०० नमूनाको परीक्षण गर्न सक्दछ । यसको मूल्य भारतीय रुपैया १२०० मात्र पर्दछ । यो विदेशबाट आयात हुने ४५०० रुपैयाका टेष्ट किटको तुलनामा निकै सस्तो छ ।

माइल्याब डिस्कभरीकी अनुसन्धान र विकास प्रमुख भाइरलोजिष्ट मिनाल दखावे भोश्ले भन्दछिन, हाम्रो टेष्ट किटबाट भाइरसको जाँच केबल अढाई घण्टामा हुन्छ जबकी विदेशबाट आयातित किटमा ६ देखि ७ घण्टाको समय लाग्छ ।

मिनाल उसै टिमको प्रमुख हुन जसले कोरोना भाइरसको यस टेष्ट किट अर्थात पाथो डिटेक्टको साह्रै कम समयमा तयार गरेका थिए । यस्तो टेष्ट किट तयार गर्न कम्तिमा ३ देखि ४ महिनाको समयावधि लाग्दछ तर यो टीमले जम्मा ६ हप्तामा यस्तो किट तयार पार्यो ।

आश्चर्यको कुरा त यो छ कि यस टीमकी प्रमुख मिनाल भोश्ले स्वयं यस समय एक अन्तिम समयरेखाको सामना गरिरहेकी थिइन,पछिल्लो हप्तामात्रै उनले एक सुन्दर बालिकाको जन्म दिएकी छन् । गर्भावस्था परिपक्व हुँदै गर्दा गएको फेब्रुअरी महिनामा मात्रै उनले यो टेष्टिड. किट प्रोजेक्टमा काम गर्न सुरु गरेकी थिइन ।

मिनाल भन्दछिन, यो मुलुक र विश्वको लागि यस्तो संकटकालीन अवस्था थियो,मैले चुनौतीको रुपमा यसलाई स्वीकार गरे । मलाई पनि त आफ्नो देशको सेवा गर्ने रहर थियो नि ।

मेडिकल रिसर्च

उनको नेतृत्वमा १० बैज्ञानिकहरु यो प्रोजेक्ट सफल बनाउन दिनरात जुटिरहे ।

आफ्नी छोरीलाई जन्मदिनु भन्दा एक दिन पहिले १८ मार्चमा उनले किटको परीक्षण स्तर पहिल्याउन नेशनल इन्स्टिच्युट अफ भाइरलोजीमा टेष्टिड. किट सुम्पिइन ।

सोही साँझ अस्पताल जानुपूर्व उनले यो किटलाई व्यवसायिक प्रयोगमा लैजानको लागि इजाजत लिन भारतको खाद्य तथा औषध नियन्त्रण प्राधिकरणमा पेश गरिन ।

माइल्यावका डा. वानखडे भन्दछन्, ‘हाम्रो सामु अत्यन्त कम समय थियो, हाम्रो साःखको प्रश्न थियो, तर पहिलो पटक सबै कुरा ठीक भयो । हाम्रो प्रयासको नेतृत्व मिनाल भोश्लेले नै गरिरहेकी थिइन ।’

यो टेष्ट किटको शुद्धता सिद्ध गर्नका लागि पेश गर्नुपूर्व नै निर्माता टीमले अलगअलग मापदण्डमा कैयौ पटक परीक्षण गरिएको थियो । यसको शुद्धता परीक्षणमा कुनै त्रुटी नदेखियोस ।

मिनाल भोश्ले भन्दछिन्, ‘यदि तपाईलाई कुनै नमूनाको १० परीक्षण गर्नु छ भने सबै १० वटै परीक्षणको नतिजा समान हुन आवश्यक हुन्छ । हामीले यही पूर्णता हासिल गर्यौ । हाम्रो टेष्ट किट उत्तम छन् ।’

भारत सरकारको इण्डियन काउन्सिल फर मेडिकल रिसर्च(आईसीएमआर)ले माइल्याबको कीटको उचित ठहर्यायो । इण्डियन काउन्सिल फर मेडिकल रिसर्च अन्तरगत नै नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजी कार्यरत रहन्छ । इण्डियन काउन्सिल फर मेडिकल रिसर्चले माइल्याब कम्पनी टेष्टिड. किटमा शतप्रतिशत सही नतिजा निकाल्ने कम्पनी हो भनेर प्रमाणित गरिदिएपछि यसका किटहरु बजारमा जाने बाटो खुला भयो ।

भारतमा निकै कम परीक्षण

लड़की

भारतमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउने टेष्ट नै निकै कम भएको छ , प्रति १० लाख सिर्फ ६.८ जना ।जुन संभवत सबैभन्दा कम हो । सुरुआतमा भारतमा अत्यधिक जोखिमपूर्ण अवस्थामा रहेका देशबाट फर्केका ब्यक्ति र कुनै संक्रमित बिरामी वा तिनका सम्पर्कका व्यक्ति वा उनीहरुको स्वास्थोपचारमा संलग्न स्वास्थ्यकमीहरुको नमूना परीक्षणमा मात्रै यस्तो परीक्षण सीमित गरिएको थियो ।

पछि सरकारले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पतालमा भर्नाभएका बिरामीको पनि परीक्षण गर्न थालियो । अहिले संक्रमणको दायरा बढिरहेको छ र दिनहुँ तेज गतिले बढिरहेको छ ।

तर खुसीको कुरा यो छ कि पछिल्ला दिनहरुमा परीक्षणको संख्या बढाइएको छ । सुरुमा सरकारी प्रयोगशालाका लागि मात्रै यसलाई इजाजत दिइएको थियो अव निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिइएको छ ।

बिहिबारमात्र भारतले अमेरिका,यूरोप वा अन्य देशबाट आयातित टेष्ट किटहरु बिक्री गर्न इजाजतको आधारमा १५ निजी कम्पनीलाई अनुमति दिएको छ ।

डा. बानखडेका अनुसार टेष्टिड. किटको मागमा बढोत्तरी आएको छ । यसले कोरोना भाइरस परीक्षणको गति बढ्ने देखाउछ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि बढ्दै गएको परीक्षणको सुविधाले निश्चय नै मद्दत हुनेछ । भारतमा पनि जनसंख्याको अनुपातमा अपर्याप्त र नाम मात्रका स्वास्थ्य संस्थाहरु भएकोले परीक्षणको दर बढाउनु पर्ने स्वास्थ्य विश्लेषकहरुको राय छ । भारतकी पूर्वस्वाथ्य सचिव सुजाता राव भन्दछिन, भारतभन्दा कैयौ गुना सानो र थोरै जनसंख्या भएको देश दक्षिण कोरियामा ६५० प्रयोगशाला छन् । हामीकहाँ कति छन् ?

भारतमा अहिलेसम्म १ सय १८ सरकारी प्रयोगशालमा मात्र कोरोना भाइरसको परीक्षणको सुविधा रहेको छ । सरकारी अधिकारीहरुले छिट्टै ५० निजी प्रयोगशालालाई यसमा सामेल गर्ने बताएका छन् । तर त्यो पनि १ अर्ब ३० करोड जनसंख्या भएको देशको लागि पर्याप्त हुँदैन ।

सुजाता राव भन्दछिन, ‘भारतमा यस्ता प्रयोगशालाको संख्या बढाउन पर्दछ, टेष्टिड. किटको पहुँच पुर्याउनु पर्दछ । प्राविधिकहरुको प्रशिक्षित गर्नुपर्दछ । यी सबै कामको लागि समय लाग्छ ।’

कोरोना भाइरसको संक्रमणको बढ्दो जाँचका कारण कोरोना भाइरसयुक्त व्यक्तिको संख्या तीव्र रुपमा बढेमा तिनलाई अस्पतालमा राख्ने कार्य झन चुनौतिपूर्ण हुनेछ ।

सुजाता राव भन्दछिन,’देशको स्वास्थ्य सुविधाका बारेमा तपाई कत्तिको जानकार हुनुहुन्छ ? जति सुविधाहरु छन् ती शहरी इलाकामा केन्द्रित छन् । ग्रामीण इलाकामा मामूली सुविधा पनि छैन । महामारीको समयमा यो ज्यादै कठिन चुनौती हुन सक्छ ।’

Share Now

Leave a comment.