वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आप्रवासन नीति निलम्बन गर्ने घोषणा गर्नुभएको छ ।
सोमबार राति राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको संकट र अमेरिकी नागरिकको सुरक्षा तथा रोजगारीको नाममा हालसम्म कायम रहेको आप्रवासन नीति निलम्बन गर्ने घोषणा गर्नुभएको हो । उहाँले अमेरिका आउने आप्रवासीलाई अस्थायी रुपमा रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्ने बताउनुभएको थियो ।
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2020
‘अदृश्य दुस्मनले हामीलाई आक्रमण गरिरहेको छ, महान अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न आवश्यक छ, संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी निर्देशनमा म हस्ताक्षर गर्दैछु।’
अमेरिकी सीमाभित्र आइसकेका र ग्रीन कार्ड लिइसकेकालाई राष्ट्रपति ट्रम्पको यो निर्णयले पार्ने प्रभावबारे पनि हालसम्म अमेरिकी अधिकारीहरुले प्रष्ट पारेका छैनन्।


















