काठमाडौं, ११ बैशाख । उपेन्द्र यादव र डा. बाबुरम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ ।
समाजवादी पार्टीका सांसद नेतृ रेणु यादवको काठमाडौं शान्तिनगरस्थित घरमा भएको बैठकमा सहभागी ८ जना सांसदले नयाँ पार्टी दर्ता गर्ने निर्णय लिएका हुन्।
नयाँ पार्टी गठनको निर्णय गरेका सांसदहरुले भोलि बिहान ८ बजे सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल गठन गरेको जानकारी दिने निर्णय लिएका छन् ।
समाजवादीबाट अलग्गिएका सांसदहरुमा रेणु यादव, मोहम्मद ईस्तियाक राइन, डा. सुरेन्द्र यादव, बिमल श्रीवास्तव प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन्।
बुधबारै समाजवादी पार्टी र राजपा नेपालबीच एकता सहमति भइसकेको छ। उनीहरुले नयाँ पार्टीको नाम समाजवादी जनता पार्टी राखिसकेका छन्।


















