काठमाडौँ, १० बैशाख । मधेशवादी दललाई फुटाएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई अझ बलियो बनाउने उद्देश्यले ल्याइएको अध्यादेशले मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकतामा उत्प्रेरकको काम गरेको छ ।
दुवै पार्टीका बीचमा बुधबार एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ ।
एकीकृत पार्टीको नामा जनता समाजवादी राख्ने सहमति भएको छ । दुवै पार्टीलाई एकापसमा एकीकरण गरेर भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताइएको छ।
सहमति पत्रमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गर्नुभएको छ।

सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गर्नुभएको छ भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।
राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादवले भने यसमा हस्ताक्षर गर्नुभएको छ। उहाँहरु दुवैजनालाई मन्त्री बनाएर पार्टी फोड्ने चक्करमा प्रधानमन्त्री ओली लाग्नुभएको छ ।
पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ।
दल विभाजन खुकुलो हुनेगरी आएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो।


















