Prakash Adhikari May 9, 2020

काठमाडौ २७ बैशाख । उदयपुर, पर्सा र कपिलवस्तुमा कोरोना भाइरस संक्रमित ७ जना नयाँ बिरामी भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३ / ३ जना तथा पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्।

अधिकारीका अनुसार उदपुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकै हुन्। उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन्।

त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

कपिलवस्तुमा थप भेटिएका तीन जना संक्रमित पुरुषमा एकजना १७ वर्षका छन भने दुईजना १८ वर्षका छन।

Share Now

Leave a comment.