Prakash Adhikari May 8, 2020

काठमाडौं, २६ बैशाख । शुक्रबार नेपालगञ्जमा थप एकजना कोरोनाभाइरसको संक्रमणमा परेका विरामी भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिनुभएको हो।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा १९ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो। उनी १९ वर्षीय युवा हुन् ।

योसंगै नेपालमा कुल संक्रमितको संख्या १०२ पुगेको छ। त्यसमध्ये ३० जना निको भएर फर्किसका छन् भने बाँकीको विभिन्न अस्पतालहरु उपचार भैरहेको छ । यस्तै तीन जनामा भने पुनः संक्रमण देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ७० हजार बढीको नमूना परीक्षण सम्पन्न भएको जनाएको छ। मन्त्रालडयले र्यापि डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट सो बराबरको नमुना परीक्षण भएको जानकारी गराएका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार हालसम्म आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ र पीसीआर विधिबाट १५ हजार ४ सय ९२ गरी कुल ७० हजार २३ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन्।

प्रवक्ता देवकोटाले स्वीस सरकार विकास सहयोग अन्तर्गत नेपाललाई ३० हजार पीसीआर टेष्ट किट प्राप्त भएको जानकारी गराउदै उनले पीसीआर परीक्षण तिब्र रुपले हुने दाबी गर्नुभयो। उहाँले ती पीसीआर टेष्ट किटहरु विभिन्न प्रयोशालाहरुमा पठाइएको जानकारी गराउनुभयो ।

हालसम्म आरडीटी विधिबार प्रदेश १ मा ६ हजार ८ सय ४९, प्रदेश २ मा ५ हजार ३ सय ५६, बाग्मती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ वटा नमूना परीक्षण सम्पन्न भएको छ।
नेपालको प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २७ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। आरडीटी विधिबाट देशभर सबै जिल्लामा परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ।

नेपालमा हाल १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यकाभित्र ३ र उपत्यकाबाहिर १ सय ३२ जना गरी १सय ३५ जना आईसोलेसनमा रहेका छन् ।

 

Share Now

Leave a comment.