Prakash Adhikari May 27, 2020

काठमाडौं, १४ जेठ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक लाखभन्दा बढीले जीवन गुमाएका छन् ।

कोरोना भाइरसले ल्याएको विनासको अभिलेख राख्दै आउको वल्र्डाेमिटरले जनाए अनुसार अमेरिकामाहालसम्म १ लाख ५ हजार ७२ जनाले कोरोना भाइरस संक्रमणमा परेर जीवन गुमाएका छन् । त्यहाँ मगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ । मंगलबार त्यहाँ १९ हजा ४९ जनामा नयाँ संक्रमण देखियो भने ७ सय ७४ जनाले जीवन गुमाए ।

दैनिक संक्रमणमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ मंगलबार १५ हजार ६ सय ९१ जनामा नयाँ संक्रमण देखियो भने १ हजार २७ जनाले जीवन गुमाए । तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९२ हजार ३ सय ६० जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय ४९ जनाले ज्यान गुमाइसेका छन्।

दैनिक संक्रमण तेस्रो स्थानमा रुस देखिएको छ । रुसमा मंगलबार ८ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिए भने १ सय ७४ जनाको जीवन गयो । रुसमा कूल संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ।

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ।

बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६५ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ।

पहिले कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएको इटाली,  र स्पेनमा संक्रमण दर मत्थर हुँदै गएको छ । स्पेनमा ८ सय ५९ नयाँ संक्रमित थपिए भने इटालीमा ३ सय ९७ । मंगलबार स्पेनमा २ सय ८० जनाको मृत्यु भयो भने इटालीमा ७८ जनाले जीवन गुमाए ।

बेलायतमा भने दैनिक संक्रमण र मृत्यु यूरोपमध्ये अझै उच्च छ । त्यहाँ मंगलबार २ हजार ४ जना नयाँ संक्रमित थपिए भने १ सय ३४ जनाको मृत्यु भयो । फ्रान्स र जर्मनीमा मंगलबार कोरोना संक्रमणमा परेर ९८ र ७० जनाले जीवन गुभएका छन् ।

भारतमा संक्रमित हुनेको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ। भारतमा कोरोनाबाट ४ हजार ३ सय ४४ जनाको ज्यान गएको छ।

मंगलबार संसारभर एकै दिन ९२ हजार ६० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ४ हजार ४८ जनाको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या ५६ लाख ८४ हजार ६ सय ८४ रहेको छ भने ३ लाख ५२ हजार ६ सय २३ जनाले जीवन गुमाएका छन् । हालसम्म विश्वभरबाट २४ लाख ३० हजार ५ सय ९३ जना निको भएर घर फर्किएका छन्।

Share Now

Leave a comment.