Prakash Adhikari June 13, 2020

काठमाडौं, ३१ जेठ । कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा पनि जनस्वास्थ्यमाथि खेलवाड गरेको, स्वास्थ्योपचार विश्वसनीय बनाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको र कारोना रोकथामको नाममा वेफिक्री राज्य कोषमा लुट मच्चाएको सरकारका विरुद्धमा आक्रोशित युवाहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन।

माइती घरमा सयौंको संख्यामा युवाहरु भेला भएका छन। स्वःस्फूर्त रुपमा युवाहरु थपिइरहेका छन् ।

प्रहरीले पटक पटक कोरोनाको जोखिमका कारण भिडभाड नगर्न माइकिङ गरेपनि युवाहरुलाई त्यसको प्रभाव परेको छैन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिसपी राजकुमार केसीका अनुसार केही विदेशीसहित प्रदर्शनकारी पक्राउ परेका छन।

युवाहरुले कोरोना भाइरसको परीक्षणको लागि पीसीआरका उपकरण र परीक्षण बढाउनुपर्ने, सन्देहास्पद व्यक्तिलाई राख्ने क्वारेन्टाइन सुरक्षित बनाउँनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा उपकरणहरु दिनुपर्ने तथा कोरोनाविरुद्ध सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायत मागहरु राखेका छन्।

सरकारले कोरोना भाइरसको संक्रमणका नाममा गरेका काम कारबाहीको हरहिसाब खोजी गरिरहेका युवाहरु वैदेशिक रोजगारीमा गएका गरिब नेपाली कामदारहरुको उद्धारमा पनि उनीहरुबाटै करोडौं रुपैया लुटन खोजेको थाहा पाएपछि झन आक्रोशित भएका छन् ।

बिहिबार प्रधानमन्त्री निवास,बालुवाटार अगाडिबाट शुरु भएको प्रदर्शन शुक्रबार बसन्तपुर, चन्दागिरी नगरपालिका,बनेपा, गोर्खा,दमौली, बुटबल ,हेटौडा र दांगमा समेत विस्तार भएको थियो ।

विदेशमा रोजगारमा जाने नेपालीको उद्धार गरिएको बिलम्ब, आर्थिक घोटालाको योजना र स्थानीय स्तरका क्वारेन्टाइन तथा तिनको व्यवस्था तथा कोरोना संक्रमणको परीक्षण र संदेहास्पद तथा संक्रमित बिरामीहरुको उपचारसंग संबन्धित विषय भएकोले युवा आक्रोश देशभरका स्थानीय तहसम्म फैलन सक्ने भय देखिएको छ ।

Share Now

Leave a comment.