Prakash Adhikari June 13, 2020

 

काठमाडौं, ३१ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम,नियन्त्रण र संक्रमितको उपचारमा भएको खर्च मध्ये ८ अर्ब ३९ करोडको बिबरण सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचार तथा मृतकहरुको व्यवस्थापनमा भएको १० अर्ब रुपैयाँको खर्चको विवरण माग गर्दै राजधानी लगायत देशभर सचेत युवाहरुले आन्दोलन भइरहेका बेलामा प्रधानमन्त्री कार्यालयले खर्चको विवरण सार्वजनिक गरेको हो ।

शनिवार भएपनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत ८ अर्ब ३९ करोडको खर्च बिबरण सार्वजनिक गर्नुभएको छ ।

 

 

https://www.facebook.com/surya.thapa.754918/posts/3070448136381003

यसअघि कोभिड -१९ विपद् व्यवस्थापन केन्द्र(सीसीएमसी)को निर्देशक समितिको शुक्रबार सिंहदरबारमा सम्पन्न बैठकले ले खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

शुक्रबार बसेको निर्देशक समितिको बैठकपछि जारी वक्तव्य पढेर सुनाउँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भएको खर्चको विवरण छिट्टै सार्वजनिक हुने बताउनुभएको थियो ।

उहाँले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न शीर्षकमा खर्च गरेको रकम र प्रदेश र स्थानीय तहले खर्च गरेको रकम छिट्टै सार्वजनिक हुने बताउनुभएको थियो ।

सो बैठकले पीसीआर परीक्षणको दायरा थप बढाउने समेत निर्णय गरेको थियो ।

Share Now

Leave a comment.