काठमाडौँ, १८ आषाढ। पार्टीभित्र स्थायी समिति र संसदीय दलमा पनि अल्पमतमा पर्दै गएपछि प्रधानमन्त्री के.पी.शर्मा ओलीले आफ्नो सत्ता बचाउनका लागि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग सुलहको प्रयास गर्नुभएको छ ।
उहाँको सुलह प्रस्ताव लिएर पार्टीका नेताहरु पार्टी महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुग्नुभएको छ ।
छलफलमा प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको खराब स्वास्थ्य र पार्टीका अन्य नेता तथा कार्यकर्तालाई उपेक्षा गरी अधिनायकवादी शैलीमा चल्ने प्रवृत्तिले मुुलुकलाई संकटमा पुर्याएको र देश र जनताको हितमा काम गर्ने अवसरबाट पार्टी बञ्चित भएको आरोप लगाउदै जारी स्थायी समितिको बैठकमा दुवैपदबाट उहाँको राजिनामा माग भएपछि नेकपामा नयाँ संकट उत्पन्न भएको छ ।
बुधबार मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।
विगतमा आफूविरुद्ध आएका यस्ता दवावलाई पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई कहिले राष्ट्रिय सभाको चारो त कहिले प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने झूठो आश्वासन दिएर टार्दै आउनुभएका प्रधानमन्त्री ओली यसपटक त्यति सहज अवस्थामा हुनुहुन्न ।
संकट परेको बेलामा निहुरमुन्टी न हुने र अरु बेलामा अधिनायकवादी शैलीमा शासन गर्ने उहाँको कार्यशैलीले पार्टीका इमान्दार नेताहरु आजित भैसकेका छन् ।
विगतमा झै भूmटो आश्वासन मै इतर गुटका नेताहरु विके भने पार्टीमा उनीहरुको अस्तित्व लगभग सकिने छ । प्रधानमन्त्रीले त आफ्ना विरोधी सबैलाई विदेशी(भारत)को इशारामा चल्ने नेता भनेर छाप नै लगाइदिइ सक्नुभएको छ ।
हेरौ, ओली विरोधी नेताहरु यसपटक पनि थाड.नमा उत्तानो पर्छन कि नेपाली जनताले दिएको अभिमत अनुसार देश र जनताको हितमा काम गर्ने अवसरलाई नयाँ नेतृत्वमार्फत पूरा गर्दछन ?


















