धादिड., ५ साउन । आइतबारदेखि अविरल परेको वर्षा र बाढीका कारण पृथ्वी राजमार्गको मावाखोला पुल क्षतिग्रस्त भएको छ भने ठाउँठाउँमा खसेको पहिरोले मार्ग अवरुद्ध भएको छ ।
धादिड. र चितवनको सीमानामा पर्ने पृथ्वी राजमार्गको मोवाखोलाको धादिड.तर्फको पुलको सडकतर्फ जोडिएको खण्ड बाढीले भत्काएर क्षतिग्रस्त बनाएपछि यातायात आवतजावत गर्न नसकिने भएको छ ।
अहिले धादिङमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो र सडकमाथि बाट खसेको लेदोका कारण राजमार्ग अवरुद्ध भएको छ । सबैभन्दा ठूलो पहिरो फुर्केखोलामा खसेको छ ।


















