काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदीय जिम्मेवारी, संवैधानिक मर्यादा र संस्थाको जिम्मेवारी सम्झेर काम गर्न सुझाव दिनुभएको छ ।
नेपालको संविधानले संरक्षकको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको राष्ट्र प्रमुख कुनै राजनीतिक पार्टीको नेता जसरी पार्टीभित्रका विवादमा तानिनु शोभनीय नभएको उल्लेख गर्दै कांग्रेस नेता डा. कोइरालाले भन्नुभएको छ,’राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो ।’
राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।
— Dr Shekhar Koirala (@Shekharnc) July 19, 2020
सत्तारुढ नेकपाभित्रको विवादमा दुवै पक्षले राष्ट्रपतिलाई गुहारेर आफ्नो अडानलाई औचित्यपूर्ण साबित गर्न कसरत गरेपछि देश र जनताको संरक्षक राष्ट्रपति भण्डारी विवादमा पर्नुभएको छ ।


















