Prakash Adhikari July 20, 2020

 

तानेगासी (जापान), ५ साउन(बीबीसी) । संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ।

जापानमा रहेको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट एचटूए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ।

यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो।

सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ।

https://twitter.com/i/status/1284973162778832896

यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो।

अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा छन्।

यूएईको मङ्गल यात्रा

अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ।

तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा उसले प्रयास गर्दैछ।

https://twitter.com/NASAPersevere/status/1284994020314214400

यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ।

अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन्।

र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ।

उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ।

होप बन्न ६ वर्ष लागेको थियो

खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन्।

एमिरेट्स र पूरै अरब क्षेत्रमा होपले युवाहरूलाई उच्च शिक्षा र विज्ञानमा आकर्षित गर्ने विश्वास गरिएको छ।

तेल र ग्यासमा निर्भर रहेको देशलाई त्यसबाट माथि उठाएर ज्ञानमा आधारित अर्थतन्त्र बनाउने थुप्रै परियोजनामध्ये भूउपग्रह एउटा सङ्केतका रुपमा रहेको यूएई सरकारले बताएको छ।

तर मङ्गलग्रह भएकोले खतरा पनि निकै धेरै छ।

उक्त ग्रहमा पठाइएका सबै मिशनमध्ये आधाजसो विफल भएका छन्।

होप प्रोजेक्टका निर्देशक ओमरान शराफले खतराहरूको ख्याल गर्दै आफ्नो देशको प्रयास सही रहेकोप्रति आश्वस्त पार्नुभयो।

ूयो अनुसन्धान र विकासको मिशन हो र विफलता एउटा विकल्प हो,ू उहाँले भन्नुभएको छ।

Share Now

Leave a comment.