Prakash Adhikari July 19, 2020

काठमाडौं, ४ साउन । नेपाल विद्यार्थी संघ (वी.पी.) को भातृ संस्था नेपाल विद्यार्थी संघ (.वी.पी)ले नेपाल आयल निगमले ९ दिनमा दुईपटक मूल्य बृद्धि गरी सर्वसाधरण उपभोक्ताको ढाड सेकेकोमा असन्तुष्टि जनाउदै निगम व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएको छ ।

निगमले इन्धनको मूल्य समायोजनको स्वचालित प्रणालीलाई अबलम्बन गर्ने आफ्नो पूर्व निर्णयलाई कुल्चेर २०७७ असार १७ सोही महिनाको २६ गते ९ दिनको बिचमा पेट्रोलियम पदार्थको मूल्य २ पटक बृद्धि गरेको भन्दै नेपाल बिध्यार्थी संघ (वी.पी.) ले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाली काँग्रेस (वी.पी.) का महामन्त्री विकास पाण्डेको नेतृत्वमा गएको विद्याथीहरुको समुहले विश्व कोरोना भाइरसले आक्रान्त भएको र नेपाल पनि प्रभावमा परि नेपाली जनतालाई लकडाउनमा राखिएको अवस्थामा नेपाल आयल निगमले आफू खुसी मूल्यवृद्धि गरेर सर्वसाधरण जनताको ढाड सेकेकोले सो निर्णय ७ दिनभित्र फिर्ता लिन चेतावनी दिएको छ ।

नेपाल विद्याथी संघ वी.पी.ले संसारभर कोरोना महामारीबाट पीडित नागरिकलाई राहत दिइएको र नेपालमा कोरोनामाथि बाढी र पहिरो जस्ता प्राकृतिक विपत्ति थपिएको बेलामा गलत नियत राखेर बढाइएको मूल्य बृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

नेविसंघ वी.पीले निगमका विक्री डिपोबाट पेट्रोलपम्पहरुले शनिवार र आइतबारलाई पुग्ने इन्धन शुक्रबार खरिद गर्ने भएकोले पम्पहरुले खरिद गरेपछि शुल्क बढाएर पम्पहरुलाई नाफा गर्न दिएकोले व्यवसायी र कर्मचारीको मिलिभगतमा ठूलो रकम भ्रष्टाचार गरिएको आशंका पनि गरेको छ ।

निगमले देशमा लकडाउन भएको चैत्र, बैशाख र जेष्ठ महिनामा मात्रै ३ अर्ब रपैया मुनाफा गरिरहेको स्मरण गराउदै नेविसंघ बीपीले निगमले ९ दिन भित्र २ पटक भाडा बढाएर स्वचालित मूल्य समायोजन पद्धतिलाई लत्याउदै आम उपभोक्तालाई मर्का पारेकोले ७ दिन भित्र बढेको मूल्य खारेज गर्न पनि माग गरेको छ ।

नेविसंघ वी.पी.ले दिएको ज्ञापनपत्र बुझ्दै निगमका महाप्रबन्धकले नेपाल आयल निगम पूर्ण सरकारी स्वामित्वमा रहेकोले संस्थाले सरकारको निर्णय कार्यान्यन गरेको बताउनुभयो । उहाँले विभिन्न शीर्षकमा कर नलगाउने हो भने खरिद मूल्यमा निगमको खर्च जोडी आम उपभोक्तालाई प्रति लिटर रु. ४२ / ४३ रुपैयामा इन्धन उपलब्ध गराउन सकिने बताउनु भएको थियो ।

Share Now

Leave a comment.