Prakash Adhikari July 24, 2020

नयाँदिल्ली(भारत), ९ साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने जनाएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण अनिश्चित बनेको टी–२० विश्वकप एक वर्ष पछि सरेपछि आईपीएल युएईमा आयोजना गर्ने तयारी भएको हो।

IPL 2020 Schedule: IPL Match Time Table, Date, fixtures and venue | Cricket News - Times of India

आईसीसीले आउने अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप गर्ने तयारी गरेको थियो तर विश्वव्यापी कोरोना संक्रमणको महामारीको कारण गत सोमबार स्थगित गर्ने निर्णय गरेको थियो ।

‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ। यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले उल्लेख गरेको छ।

आईपीएलको यो संस्करणमा पनि नेपाली क्रिकेटस्टार सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

यो सहित उनले आइपीएलमा खेल्न थालेको तीन संस्करण पुग्ने छ ।

उनलाई तात्कालीन दिल्ली डियर डेभिल्सले तीन सिजनका लागि बार्षिक २० लाख भारतीय रुपैयामा अनुबन्ध गरेको थियो ।

यसपछि उनी दिल्ली क्यापिटल्सको बन्धनबाट मुक्त हुनेछन् । आगामी सिजनमा आफ्नो पारिश्रमिक बढाउन वा अन्य टिमबाट खेल्न स्वतन्त्र हुनेछन् ।

 

१२ महिनाभित्र दुईवटा टी २० विश्वकप


अस्ट्रेलियामा यसै वर्ष अक्टोबर नोभेबरमा आयोजना हुने भनिएको टी २० विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार स्थगित गर्ने निर्णय गरेपछि आगामी वर्ष २०२१ अक्टोबरबाट तथा २०२२ मा नोभेम्बरकाबीच दुइ वटा टी २० विश्वकप आयोजना हुने भएको छ।

त्यस्तै यस्तै २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको मिति वर्षको सुरुवातबाट सारेर अक्टोबर नोभेम्बरमा आयोजना हुनेछ ।

टीी २० विश्वकप २०२१ अक्टोबररनोभेम्बरमा आयोजना हुनेछ जसको फाइनल १४ नोभेम्बरमा हुनेछ। पुनः २०२२ को अक्टोबररनोभेम्बरमा टी २० विश्वकप आयोजना हुनेछ जसको फाइनल १३ नोभेम्बरमा हुनेछ।

कोरोना महामारीको कारण अस्ट्रेलिया क्रिकेटले निर्धारित समयमा टी २० विश्वकप आयोजना गर्न नसक्ने बताएको थियो।

Share Now

Leave a comment.