Prakash Adhikari July 24, 2020

 

बेइजिड.(चीन), ९ साउन(बीबीसी) । चीनले दक्षिण(पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

अमेरिकाले टेक्सासको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो।

अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बनेको छ।

चीनको भनाई

चिनियाँ विदेश मन्त्रालयले एउटा वक्तव्यमा आफ्नो निर्देशनलाई अमेरिकाको अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम भनेको छ।

“चीन र अमेरिकाबीचको अहिलेको अवस्था चीनले हेर्न चाहेको होइन र यसका लागि अमेरिका सम्पूर्ण रूपले जिम्मेवार छ,” वक्तव्यमा भनिएको छ।

छेङ्दुको अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको र त्यहाँ हाल २ सय भन्दाबढी कर्मचारी रहेको बताइएको छ।

सो दूतावास तिब्बतसँग नजिक भएका कारण रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ।

अमेरिकाले के गरेको थियो?

अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न दिएको निर्देशनलाई बेइजिङले ूराजनीतिक रूपले उक्साहटपूर्णू कदमको सङ्ज्ञा दिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति’ उक्त कदम चालिएको जनाएको थियो।तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई आक्रामक तथा अनुचित भनेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनको व्यापार र कोरोनाभाइरस महामारीको विषयलाई लिएर चिनियाँ सरकारसँग पटकपटक मतभेद भएको छ।

Share Now

Leave a comment.