Prakash Adhikari August 18, 2020

 

काठमाडौं, २ भाद्र । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको र १ हजार १६ नयाँ सङ्क्रमित फेला परेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरुभए देखिएको यो नै एकैदिन पुष्टि भएका कोरोना संक्रमितको सबैभन्दा धेरै संख्या हो ।

यो वृद्धिसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ संख्या१४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार अहिले देशभरि १० हजार ५ सय ६३ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

सङ्क्रमितहरूमध्ये २ हजार ८ सय ८७ जना घरमै र बाँकी ६ हजार ७ सय ५२ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

कोरोनाभाइरस

कोरोनाभाइरस

अहिले कोभिड १९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये छ जना पुरुष र एक जना महिला हुन्।

उनीहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले जनाएको छ।

शुक्रवार ५ सय ९४, शनिवार ४ सय ६८, आइतवार ६ सय ४१ र सोमवार ५ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८ र साउन ३२ गते ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयले साउन ८ गते आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

अहिले देशभरि १० हजार ५ सय ६३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये केही घरमै अलग्ग बसिरहेका छन्।

अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण छ. तीमध्ये केही घरमै अलग्ग बसिरहेका छन्. .

सङ्क्रमित कहाँका ?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये काठमाडौं उपत्यकाका २ सय ५ जना छन्।

त्यसैगरी पर्सामा १ सय २८, मोरङमा १ सय ८ र सर्लाहीमा १ सय ७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६ र बारामा ४२ सङ्क्रमित फेला परेका छन् ।

nepal coronavirus

परीक्षणको अवस्था

विगत २४ घण्टामा १३ हजार ४ सय ६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक परीक्षण भएको बताइएको छ।

सोही अवधिमा ८५ जना भाइरसमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार ५ सय ८० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६२.२ प्रतिशत छ।

देशभरि क्वारेन्टाइनमा १३ हजार ९ सय २६ जना छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशमा सर्वाधिक ३ हजार ६ सय ९६ जना, गण्डकीमा २ हजार ९ सय ७३ जना, प्रदेश नं १ मा २ हजार १ सय १५ जना र प्रदेश नं ५ मा २ हजार ९० जना छन्।

यसरी बढिरहेको छ दैनिक सङ्क्रमण. एक महिनाको तथ्याङ्क. .

अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दाबढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तर मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

मन्त्रालयका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा कुल १ सय १८ बिरामी सघन उपचार कक्षमा छन्।

गम्भीर बिरामी भएर भेन्टिलेटरमा ८ जनालाई राखिएको छ।

(बीबीसीबाट)

Share Now

Leave a comment.