Prakash Adhikari September 23, 2020

 

काठमाडौं, ७ असोज । नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय टीममा परेका क्रिकेट खेलाडीहरुको वर्गीकरण गरी तलब निर्धारण गरेको छ । यस क्रममा क्यानले पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरलाई वर्गीकरण गर्दै मासिक तलव घोषणा गरेको छ।

मंगलबार चितवनमा बसेको  क्यानको बोर्ड बैठकले राष्ट्रिय पुरुष तथा महिला खेलाडीहरुको नयाँ वर्गीकरण गरेको हो। वर्गीकरण अनुसार खेलाडीहरुले जनवरी २०२० बाट तलब दिईनेछ।

क्यानले १९ महिला तथा १८ पुरुष क्रिकेटरहरुलाई वर्ष २०२० को लागि सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय गरेको छ।

कन्ट्रयाक्ट अनुसार पुरुष क्रिकेटरको ‘ए’ ‘बि’ र ‘सी’ ग्रेडमा रहेका खेलाडीले क्रमशः ५०, ४० र ३० हजार मासिक तथा महिला क्रिकेटरहरुले क्रमश १५ , १२ र १० हजार मासिक प्राप्त गर्नेछन्।

7 Nepali cricketers everyone should know about – OnlineKhabar English News

१८ पुरुष क्रिकेटरहरुको वर्गीकरणमा ए ग्रेडमा परेका खेलाडीहरुको मासिक तलव ५० हजार निर्धारण गरिएको छ । यो श्रेणीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी परेका छन् । त्यस्तै ‘बि’ ग्रेडमा परेका पुरुष खेलाडीहरुको मासिक तलब ४० हजार निर्धारण गरिएको छ । यो श्रेणीमा सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ रहेका छन् ।

‘सी’ ग्रेडका पुरुष राष्ट्रिय खेलाडीहरुलाई मासिक ३० हजार मासिक तलब निर्धारण गरिएको छ । यो श्रेणीमा सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी रहेका छन् ।

महिला खेलाडीको वर्गीकरण र पारिश्रमिक

ICC Women World Cup Qualifier: Nepal eyes Global Qualifier - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles
क्यानले १९ महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई वर्गीकरणमा समेटेर उनीहरुको पारिश्रमिक तय गरेको छ ।

क्यानले ए’ ग्रेडमा परेका महिला राष्ट्रिय क्रिकेटरलाई मासिक १५ हजार तलव निर्धारण गरेको छ । यो श्रेणीमा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी परेका छन् ।

त्यस्तै ‘बि’ ग्रेडमा परेका महिला खेलाडीहरुलाई मासिक १२ हजार रुपैयाको तलब निर्धारण गरिएको छ । यो श्रेणीमा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर पर्न सफल भएका छन् ।

क्यानले ‘सी’ ग्रेडमा रहेका महिला राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई मासिक १० हजार रुपैयाको तलब तोकेको छ । यो श्रेणीमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले पर्न सफल भएका छन् ।

Share Now

Leave a comment.