शारजहाँ(युनाईटेड अरब इमिरेटस्), ७ असोज । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिगको १३ औं संस्करण अन्तर्गत मंगलबार सम्पन्न चौथो खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाइ १६ रनले पराजित गरेको छ।
चेन्नाईले यस संस्करणको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इण्डियनलाई ५ विकेटले पराजित गरेको थियो।
युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य चेन्नाईले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र जोड्न सक्यो।

चेन्नाईको ब्याटिंगमा फाफ डु प्लेसीले ३७ बलमा ७ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ७२ रन बनाएका थिए भने कप्तान महेन्द्र सिंह धोनीले १६ बलमा ३ छक्काको मद्दतले अविजित २८ रन , शेन वाटसनले एक चौका र ४ छक्काको मद्दतले २१ बलमा ३३ रन, मुरली विजयले ३ चौकाको मद्दतले २१ बलमा २१ , केदार जाधवले ३ चौकाको मद्दतले १६ बलमा २२ , स्याम करनले २ छक्का र १ चौकाको मद्दतले ६ बलमा १७ र अजय जडेजाले अबिजित १ रन बनाएका थिए ।
चेन्नाईलाई रोक्ने क्रममा राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ? टम करन , श्रेयस गोपाल र जोफ्रा आर्चर ले समान एक एक विकेट लिए।
राजस्थानको ब्याटिड.
यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।
राजस्थानको लागि संजु स्यामसनंले ३२ बलमा ९ छक्का र १ चौकाको मद्दतले ७४ रन तथा कप्तान स्टिभ स्मिथले ४ चौका र ४ छक्काका मद्दतले ६९ रन बनाए। यस्तै जोफ्रा आर्चरले अविजित २७ रन बनाए। त्यस्तै टम कुरान र राहुत तेवतियाले १० ।१०,यजस्वी जैसवाल र रियान परागले ६ । ६ रनको योगदा दिए ।

राजस्थानलाई रोक्ने क्रममा चेन्नाईको बलर स्याम करनले सर्वाधिक ३ विकेट लिए भने दिपक चाहर , लुंगी एनगिडी र पियुष चावला ले समान एक एक विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच राजस्थानका संजु स्यामसन चुनिए।
चौथो खेलसम्म आउदा राजस्थान पहिलो जित पछि शिर्षस्थानमा पुगेको छ। समान जित हात पारेको बैंगलोर र दिल्ली दोश्रो र तेश्रो स्थानमा रहेको छ भने पहिलो उद्घाटन खेल जितेको चेन्नाई अँकतालिकामा २ खेलमा १ जित र १ हारसंगै चौथो स्थानमा पुगेको छ।
लिग अन्तर्गत बुधबार रातिको खेलमा मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।
खेल नेपाली समय ७ ः ४५ बजे राति सुरु हुनेछ।
चेन्नाई सुपर किग्स्ले आगामी खेल दिल्ली क्यापिटल्ससंग सेप्टेम्बर २५ मा तथा राजस्थानले सेप्टेम्बर २७ मा किंग्स ११ पन्जाब बिरुद्ध खेल्नेछन्।


















