सानेपा(ललितपुर), २५ असोज । नेपाली कांग्रेसले बुढीगण्डकी आयोजनामा नेपाली कांग्रेसका सभापतिले रकम खाएको भन्ने प्रमाण सार्वजनिक गर्न नेपाली कांग्रेसले चुनौती दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति प्रकाशित गर्र्दै पूर्वप्रधानमन्त्री रहनुभएका डा. भट्टराईलाई यस्तो चुनौति दिनुभएको हो ।
डा. भट्टराईले केही दिन पहिले गोर्खाको आफनो निर्वाचन क्षेत्रमा भाषण गर्दा गोर्खा र धादिड.को सीमामा बन्ने १२०० मेगावाट क्षमताको जलाशययुक्त बहुदेश्यीय बुढीगण्डकी आयोजना कमिशनको कारण बन्न नसकेको बताउदै यसमा वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओली, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, र पूर्वप्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाउदै आफूसंग प्रमाण सुरक्षित रहेको दावी गर्नुभएको थियो ।
कांग्रेस प्रवक्ता शर्माले डा.भट्टराईलाई प्रमाण सार्वजनिक गर्न चुनौति दिनुको साथै यस प्रकरणमा गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील पििन गर्नुभएको छ ।
कांग्रेस प्रवक्ता शर्माले वर्तमान सरकार बनेपछि बुढीगण्डकी विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएकोमा कडा विरोध गर्दै आएको उल्लेख गर्दै नेपाली कांग्रेसको २०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने निर्णय गरेको पनि उल्लेख गर्नुभएको छ ।
कांग्रेसले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका डा. बाबुराम भट्टराईबाट सत्य र तथ्यमा आधारित अभिव्यक्ति आउनुपर्नेमा सस्तो टिप्पणी आएकोमा पनि आश्चर्य प्रकट गरको छ ।
काग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ,’राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’


















