Prakash Adhikari October 11, 2020

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २५ असोज । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तरगत युएईमा भैरहेको प्रतियोगितामा शनिवार भएका खेलमा कोलकोता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैगलोर विजयी बनेका छन् भने किंग्स् ११ पञ्जाब र चेन्नाई सुपर किंग्स् पराजित भएका छन् ।

आईपीएल २०२० अन्तर्गत शनिवार राति सम्पन्न २५ औं खेलमा रोयल च्यालेञ्जर्स बैंगलोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गर्दै चौथो जित दर्ता गरेको हो भने कोलकाता नाइट राइडर्सले किंग्स् ११ पञ्जाबलाई २ रनले पराजित गरेको हो।

चेन्नाईमाथि बैंगलोरको सहज जित

शनिवार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य चेन्नाईले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो।

चेन्नाईको लागि अम्बाती रायडुले ४२ ,एन जगदिशनले ३३ रन कप्तान महेन्द्रसिंह धोनीले १० रन, फाफ डु प्लेसिसले ८ रन शेन वाटसनले १४ रन रभिन्द्र जडेजा र ड्वेन ब्राभोले ७ ।७ रन बनाएका थिए ।

चेन्नाईलाई रोक्ने क्रममा बैंगलोरका क्रिस मोरिसले ३, वासिंगटन सुन्दरले २, इसुरु उदाना र युजभेन्द्र चहलले समान १।१ विकेट लिए ।

बैंगलोरको ब्याटिंग

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो।

बैंगलोरको लागि कप्तान बिराट कोहलीले ९० , देभदत्त पडिक्कलले ३३, शिभम् दुबेले २२ रन बनाए, वाशिगटन सुन्दरले १० रन बनाएका थिए

बैंगलोरलाई रोक्ने क्रममा चेन्नाईका शार्दुल ठाकुरले २, श्याम ले समान १ । १ विकेट लिए।

पहिलो खेलमा कोलकोताद्धारा पञ्जाब पराजित

शनिबार दिउँसो कोलकोता नाइट राइडर्स र किंग्स् ११ पञ्जाबका बीच सम्पन्न खेलमा पञ्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित दर्ता गरेको छ।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गर्दै कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएका थियो ।

पञ्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रन,मायाँक अग्रवालले ५६ रन,निकोलस पुरनले १६ रन,ग्लेन म्याक्सवालले १० रन र प्रभासिमरन सिंहले ४ रन बनाए।

पञ्जाबलाई रोक्ने क्रममा कोलकाताको बलिंगमा सिजनको पहिलो खेल खेल्ने क्रममा प्रसिद्ध कृष्णाले सर्वाधिक ३ र सुनिल नारायणले २ विकेट लिएका थिए।

कोलकाताको ब्याटिंग

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान दिनेश कार्तिकले ५८, ओपनर शुबमन गिलले ५७, ओएन मोर्गनले २४, आन्द्रे रसेल र प्याट कुमिन्सले समान ५ । ५ तथा राहुल त्रिपाठीले ४ रन बनाएका थिए ।

कोलकोतालाई रोक्ने क्रममा पञ्जाबका रभी बिस्नोइ, मोहम्मद शामी र अर्शदिप सिंहले समान १ । १ विकेट लिएका थिए।

अंकतालिका 

ndian Premier League

शनिवारको दोस्रो खेलपछि बैंगलोर ४ जित र २ हार पछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा पुगेको छ। समान ८ अंक रहेता पनि नेट रन रेटमा अघि रहेका मुम्बई दोश्रो र कोलकाता तेश्रो स्थान ओगटेका छन् ।

अंकतालिकामा १० अंक सहित दिल्ली शिर्षस्थानमा छ। चेन्नाई ७ खेलमा २ जित र ५ हार पछि ४ अंक सहित छैठौं स्थानमा यथावत रहेको छ।

त्यस्तै कोलकाता ६ खेलमा ४ जित र २ हारसहित ८ अंक बटुलेर तेस्रो स्थानमा रहेको छ भने किंग्स् ११ पञ्जाब ७ खेलमा १ जित र ६ हारसहित २ अंक जोडेर आठौँ स्थानमा रहेको छ।

आगामी खेल

चेन्नाईले आगामी खेल मंगलबार हैदरावादसंग तथा बैंगलोरले सोमबार कोलकातासंग खेल्ने तालिका रहेको छ।

लिग अन्तर्गत आइतबार पनि २ वटा खेल खेलिनेछन्। पहिलो खेलमा ३ : ४५ बजे दिउसो हैदरावाद र राजस्थान तथा दोश्रो खेलमा ७ : ४५ बजे मुम्बई इण्डियन्स् र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्।

Share Now

Leave a comment.