Prakash Adhikari October 11, 2020

काठमाडौं, २५ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रको सुधारको माग राख्दै २७ दिनदेखि अनशनरत डा गोविन्द केसीसंग सरकारले शनिवार मध्यरातमा ८ बुँदे सहमति भएको छ।

सरकारसंग गरिएको सहमतिसँगै डा. केसीले आइतबार बिहान २७ दिन लामो आमरण अनसन तोड्ने हुनुभएको छ।

डा.केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा तथा विज्ञान र प्रविधि सचिव गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

डा. के.सी. र सरकारका बीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने ,भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

kesi 1

kesi 2

त्यस्तै डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, कोभिड १९ को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने सहमति भएको छ।

नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता

डा.गोविन्द के.सी र सरकारका बीचमा शनिवार राति सहमति भएपछि नेपाल चिकित्सक संघले आइतबारका लागि निर्धारित गरेको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ ।

संघका महासचिव वद्री रिजालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र ड. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

डा। केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

Share Now

Leave a comment.