Prakash Adhikari October 11, 2020

 

सानेपा (ललितपुर), २५ असोज । नेपाली कांग्रेसको आज निर्धारित केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार एक विज्ञप्ति प्रकाशित गरी यसको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा जनाइए अनुसार नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई(खनुपरूदे प्रकाहा) को असोज २३ गते भएको निधनको कारणले २०७७ असोज २५ गते २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको हो ।

स्थगित बैठक कहिले बस्छ त्यसको टुंगो लागिसकेको छैन् ।

नेपाली कांग्रेसको अब बस्ने बैठकले पार्टीको महाधिवेशनको मिति सार्न सक्ने संभावना रहेको छ ।

देशभर कोरोना भाइरसको संक्रमण बढेको र क्रियाशील सदस्यता वितरणमा नै समस्या परेकोले कांग्रेसको फागुन ७ देखि काठमाडौंमा हुने भनिएको महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित भएको छ ।

Share Now

Leave a comment.