Prakash Adhikari October 11, 2020

 

काठमाडौं, २४ असोज । आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ ।
नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई कोषाध्यक्ष मनोज बनेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादब, संजय खतिवडा रहेका छन् ।

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै नयाँबानेश्वरस्थीत एक स्थानमा माक्स, स्यानिटाईजर प्रयोग गरी मापदण्ड अपनाएर अधिवेशन गरिएको हो ।

सुनसरीबाट काठमाडौं आई बसेबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुका लागि कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएको समाधान गर्न प्रयास गर्ने उद्येश्यसहित समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति बाबुराम आचार्यले बताउनुभयो ।

भेलाका संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं आएका सबैलाई समेट्न सहज गर्न काँग्रेसको संगठन आवश्यक हुने हुनाले सम्पर्क समिति आवश्यक भएको महसुस गरी गठन गरिएको बताउनुभयो ।

नवनिर्वाचित आचार्य तरुण दलको केन्द्रीय माहासचिवका प्रत्यासी समेत बन्नुभएको थियो ।

Share Now

Leave a comment.