पेरिस(फ्रान्स), १३ कात्तिक(बीबीसी) । फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गर्नुभएको छ।
शुक्रवाुरबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्।
रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन्। एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार ३३ हजार नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो।
राष्ट्रपति माक्रोँले पहिलोभन्दा कोरोना भाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताउनुभएको छ।
यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोना भाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गर्नुभएको थियो।
युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ। थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ। यद्यपि, एकजना मन्त्रीले भने सामाजिक अन्तर्क्रियालाई रोक्न सरकार विफल भएको भन्दै गुनासो गर्नुभएको छ।
बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति माक्रोँले महामारीको गतिलाई बढ्न नदिन फ्रान्सले अब ‘निर्मम तरिकाले ब्रेक’ लगाउनुपर्ने बताउनुभएको छ। उहाँले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताउनुभएको छ।
Speaking alongside Estonian Prime Minister Juri Ratas, French President Emmanuel Macron said European countries should coordinate to avoid closing borders again as a second wave of COVID surges across Europe https://t.co/miVqiQgYmD pic.twitter.com/O77T5oa5tO
— Reuters (@Reuters) October 29, 2020
मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ। सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ।
ूवसन्त ऋतुमा जस्तै घरबाट काम गर्न बाहिर जान पाइनेछ, उपचारका लागि डाक्टर कहाँ जान पाइनेछ, आफन्तलाई सहायताका लागि जान पाइनेछ र घर नजिकै हिड्न जान पाइन्छ,ू राष्ट्रपति माक्रोँले भन्नुभयो। तर उहाँले सार्वजनिक सेवा र कलकाराखानाहरू भने खुला नै रहने र अर्थतन्त्र पनि रोकिन नहुने बताउनुभएको छ। लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र पन्ध्र दिनमा पुनः निर्णय गरिनेछ। राष्ट्रपति माक्रोँले क्रिसमससम्म परिवारका सदस्यहरूले एकअर्कालाई भेट्न सक्ने आशा व्यक्त गर्नुभएको छ।
फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ सङ्क्रमितहरू देखिएका विवरण छन् र सरकारले राम्ररी व्यवस्था गर्न नसकेको भन्दै आलोचना पनि भएका छन्। प्यारिसमा ७० प्रतिशत कोभिड बिरामीहरूले सघन उपचारमा प्रयोग हुने शैय्याहरू भरिएका छन्।

बुधवार राष्ट्रपति माक्रोँले घोषणा गर्नुभएको प्रतिबन्ध धेरैजसो मार्चमा लगाइए जस्तै नै छन्। ब्यापार व्यवसायका लागि यो अर्को ठूलो धक्का हुनेछ। खासगरी मनोरञ्जनका क्षेत्रहरूलाई यसले असर गर्नेछ।
वर्षको तेस्रो त्रैमासिकमा अर्थतन्त्र केही उकासिएको भए पनि अब यतिबेलादेखि वर्षको अन्त्यसम्म फेरि असर पर्ने देखिएको छ। सरकारले सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतले कमी आउने अनुमान गरेको छ।


















