Prakash Adhikari October 30, 2020

भिजूअल र डेटा जर्नलिजम टीम/बीबीसी न्युज

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १४ कार्तिक । अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइडनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन्।

रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडन प्रतिस्पर्धा गरिरहनुभएको छ।

सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइडन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति हुनुहुन्थ्यो।

निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन्।

हामी यहाँ ती सर्वेक्षणबारे जानकारी दिनेछौँ। हामी तिनले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने पनि बताउनेछौँ।

चुनाव
उम्मेदवारहरूको देशभरि स्थिति कस्तो छ ?

राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन।

सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ। हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि हुनुहुन्थ्यो। डोनल्ड ट्रम्पले भन्दा उहाँले झन्डै ३० लाख बढी मत पाउनुभयो। तर उहाँ पराजित हुनुभयो।

किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन।

यो कुरा एकातिर राखौँ। देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिनुभएको छ।

देशव्यापी मतसर्वेक्षणमा को अगाडि छ?

डेमोक्र्याट

बाइडन

५१%

रिपब्लिकन

ट्रम्प

४२%

बीबीसी ‘मतसर्वेक्षणहरूको सर्वेक्षण’ ले विगत १४ दिनमा गरिएका विभिन्न देशव्यापी सर्वेक्षणहरूलाई हेर्छ तथा ‘मध्यस्थ मान’ (Median Value) प्रयोग गरेर ट्रेन्ड लाइन बनाउँछ।

केही सातायता ५० प्रतिशत मतदाताले उनलाई रुचाएको देखिएको छ। कहिलेकाहीँ त उनी १० अङ्कले अग्रता लिन्छन्।

यसविपरीत सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन्। निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो।

चुनाव

कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन् ?

गत निर्वाचनमा क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्त्वपूर्ण हुने पत्तो पाउनुभयो ।

अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ। अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ।

ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ।

तिनलाई ‘ब्याटलग्राउन्ड स्टेट” अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ।

अमेरिकी चुनाव २०२०

अमेरिकी चुनाव २०२०
अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ।

यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २७० मत बटुल्नुपर्छ।

माथिको नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ। तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन्।

चुनाव

कडा प्रतिस्पर्धा हुने राज्यहरूमा को अगाडि छ ?

अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ। तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ। झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा।

सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी हुनुभएको थियो।

तर सन् २०१६ मा ट्रम्प ठूलो मतान्तरले विजयी भएका ब्याटलग्राउन्ड राज्यहरूमा उहाँको निर्वाचन अभियान टोली बढी चिन्तित हुने देखिन्छ।

कडा प्रतिस्पर्धा हुने राज्यहरूमा गरिएका ताजा सर्वेक्षणको औसत

आईअवा ४७.२% ४६.४% ट्रम्प + ९.५%
एरिजोना ४८.५% ४६.३% ट्रम्प + ३.६%
ओहायो ४६.२% ४६.८% ट्रम्प + ८.२%
जोर्जा ४६.८% ४७.२% ट्रम्प + ५.२%
टेेक्सस ४५.४% ४८.६% ट्रम्प + ९.१%
नभाडा ४८.३% ४३.७% क्लिन्टन + २.४%
नोर्थ क्यारलाईना ४८.८% ४७.६% ट्रम्प + ३.७%
न्यूह्याम्शर ५३.४% ४२.४% क्लिन्टन + ०.४%
पेन्सल्भेनिया ४९.६% ४५.८% ट्रम्प + ०.७%
फ्लोरिडा ४७.८% ४८.२% ट्रम्प + १.२%
भर्जिनिया ५१.७% ४०.३% क्लिन्टन + ५.४%
मिनिसोटा ४८.०% ४२.०% क्लिन्टन + १.५%
मिशिगन ५०.६% ४१.६% ट्रम्प + ०.२%
विस्कन्सन ४९.८% ४४.३% ट्रम्प + ०.८%

स्रोत: US Census तथ्याङ्क अद्यावधिक गरिएको:

आईअवा, ओहायो र टेक्ससमा आठदेखि १० प्रतिशत मतान्तरले उहाँ विजयी हुनुभएको थियो। तर अहिले तीनवटै राज्यमा बाइडन र ट्रम्पको उस्तै स्थितिमा देखिएका छन्।

सर्वेक्षणले गर्ने सङ्केत अङ्कले ट्रम्पले किन जुलाईमा आफ्नो निर्वाचन अभियानका प्रबन्धक फेर्नुभयो र उहाँ किन बारम्बार ‘मिथ्या सर्वेक्षण’ भन्ने गर्नुहुन्छ भन्ने बुझाउँछ।

बाजी थाप्नेहरू अझै पनि ट्रम्पलाई पन्छाइहाल्ने पक्षमा छैनन्। अहिले पनि उनीहरू ट्रम्पले निर्वाचन जित्ने एकतिहाइ सम्भावना देख्छन्।

चुनाव

के कोरोनाभाइरसले ट्रम्पको अङ्कगणितलाई प्रभाव पारेको छ ?

यो वर्षको आरम्भदेखि नै अमेरिकामा कोरोनाभाइरस महामारीबारे समाचार प्रमुखताका साथ प्रकाशित भएको छ। अनि राष्ट्रपति ट्रम्पको गतिविधिबारे दलगत आधारमा भिन्नभिन्न प्रतिक्रिया आएको छ।

मध्यमार्चमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेर राज्यहरूलाई कोरोनाभाइरस महामारीन नियन्त्रण गर्न ५० अर्ब डलर उपलब्ध गराएपछि उनको लोकप्रियता उत्कर्षमा पुगेको थियो।

त्यो बेला ५५ प्रतिशत अमेरिकीहरूले उनको कामलाई अनुमोदन गरेको इप्सस नामक मतसर्वेक्षण कम्पनीको तथ्याङ्कमा देखिन्छ।

तर त्यसपछि उनले डेमोक्र्याटहरूबाट प्राप्त समर्थन गुमाए। तर रिपब्लिकनहरूले समर्थन गरिराखे।

ताजा विवरणअनुसार अहिले उनका आफ्नै समर्थकले दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस महामारी फेरि फैलिएपछि ट्रम्पले गरेको कार्यबारे प्रश्न उठाएका छन्।

अमेरिकी चुनाव २०२०

जुलाई महिनाको आरम्भतिर ट्रम्पलाई रिपब्लिकनहरूको समर्थन झरेर ७८ प्रतिशत भएको थियो।

यसले उहाँ किन कोरोनाभाइरससम्बन्धी विषयप्रति आशावादी हुनुहुन्न र स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहनुभएको छ भन्ने बुझाउन सक्छ।

केही समयअघि उहाँले पहिलो चोटि मास्क लगाउनुभयो अनि देशवासीहरूलाई पनि त्यसै गर्न आग्रह गर्नुभयो। मास्क प्रभावकारी हुने भन्दै उहाँले सबैलाई ‘राष्ट्रप्रेम’ देखाउन भन्नुभयो।

यूनिभर्सिटी अफ वाशिङ्टनका विज्ञहरूले निर्वाचनको दिनसम्म अमेरिकामा मृतकको सङ्ख्या २ लाख ५० हजार नाघ्ने अनुमान गरेका छन्।

चुनाव

सर्वेक्षणहरू कति विश्वसनीय हुन्छन् ?

सन् २०१६ मा मत सर्वेक्षणहरूले गरेको सङ्केत मिलेन भनेर तिनलाई खण्डन गर्न सजिलो छ। राष्ट्रपति ट्रम्पले बारम्बार त्यसै गर्नुहुन्छ। तर यो पूर्णतः सत्य हैन।

अधिकांश राष्ट्रिय मत सर्वेक्षणहरूले हिलरी क्लिन्टन केही प्रतिशतले अगाडि भएको देखाएका थिए। तर यसको अर्थ उनीहरू असत्य थिए भन्ने हैन। उहाँले आफ्ना प्रतिद्वन्द्वीभन्दा ३० लाख बढी मत ल्याउनुभएको थियो।

सर्वेक्षकहरूले सन् २०१६ मा स्नातक तह उत्तीर्ण गरेका मतदाताहरूको प्रतिनिधित्व राम्ररी गराउन सकेका थिएनन्। तसर्थ कडा प्रतिस्पर्धा हुने केही राज्यमा ट्रम्पलाई हुने फाइदा पत्ता लाग्न सकेको थिएन।

अहिले अधिकांश मत सर्वेक्षण कम्पनीहरूले यो गल्ती सच्याइसकेका छन्।

तर यो वर्षको स्थिति कोरोनाभाइरस महामारीका कारण सामान्य अवस्थाको भन्दा अनिश्चित छ।

अहिले अर्थतन्त्रमा परेको प्रभाव र मानिसहरूले नोभेम्बरमा कसरी मतदान गर्छन् भन्ने पनि अनिश्चित छ।

त्यसैले निर्वाचन हुन केही दिन बाँकी भएकाले मतसर्वेक्षणहरूलाई शङ्काको दृष्टिले हेर्नुपर्छ।

Share Now

Leave a comment.