Prakash Adhikari February 21, 2021

विराटनगर(मोरड.), ९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार प्रदेश सभा बैठकमा पेश भएको छ ।

अविश्वासको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टीकै इन्द्रबहादुर आड.बोले पेश गर्नुभएको थियो ।

प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध  पौष  १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्र बढेको ध्रुबीकरणबीच मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निवेदनमा हस्ताक्षर गरेको भन्दै पौष ११ गते शनिबार अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको थियो भने १२ गते आइतबार एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिनुभएको थियो । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतको फैसला आएपछि अविश्वासको प्रस्तावको स्थिति परिवर्तन हुन सक्ने भन्दै आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई बैठक सार्न आग्रह गर्नुभएको थियो । । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राख्नुभयो र कार्यसूची अनुसारमुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश गर्न अनुमति दिनुभयो ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

 

Share Now

Leave a comment.