Prakash Adhikari March 1, 2021

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको  अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमबार दिउसो १ :१४ मा जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ ।११ ।१७ को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल फागुन २३ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

यही फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै प्रतिनिधिसभाको विघटन असंंवैधानिक भएकोले बदर घोषित गर्दै प्रतिनिधिसभा पुनस्थापना भएको फैसला गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासले सर्वसम्मतिले गरेको सो फैसलामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र सभामुखको कार्यालयलाई फैसला भएको मितिले १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधिसभाको  अधिवेशन आह्वान गर्न परामादेश दिएको थियो ।

सो परमादेश अनुसार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिमा फागुन २३ गते अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

Share Now

Leave a comment.