काठमाडौं, १७ फागुन । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि सारेको “मेक इन नेपाल–स्वदेशी”अभियानका बारेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जानकारी गरएको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमागएको परिसंघका पदाधिकारीहरुको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्री पौडेललाई उहाँहरुको कार्यकक्षमा भेट यसबारे जानकारी गराएको हो ।
भेटका अवसरमा परिसंघका अध्यक्ष मोरले स्वदेशी उत्पादन वृद्धि गर्ने, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित ‘मेक इन नेपाल–स्वदेशी’अभियान सुरु गरेको बताउनु भयो ।
परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै उहाँले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवंम् उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताउनु भयो । उहाँले यस अभियानमा सरकारले स्वमित्वबोधगरी स्वदेशीउद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा राख्नु भयो ।
भेटवार्तामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो । यो लोगो परिसंघ, नीजिक्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनुपर्ने माग गर्दै उहाँले संयुक्त प्रयास र सहभागिता हुनुपर्ने विचार राख्नुभएको थियो ।
मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गर्नुभएको थियो । उहाँले परिसंघले अगाडि सारेको अवधारणा केही महत्वकांक्षी देखिए हासिल गर्न सकिने भएको बताउनुभयो । उहाँले परिसंघले ल्याएको यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुलगार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने बताउनु भयो ।
उक्त भेटवार्तामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडी सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तर संवादलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भयो ।
उहाँले यस अभियानमा निजी क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने धारणा राख्नुभयो । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र नीजि क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्तशर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको सहभागी हुनुभएको थियो ।