Prakash Adhikari May 12, 2021

 

गलकोट(बागलुङ), २९ वैशाख ।  मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताउनुभयो ।

Share Now

Leave a comment.