काठमाडौं, ६ जेठ । चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गरेको छ।
तिब्बतका लागि नेपाली बाणिज्यदूत नवराज ढकालले दिनुभएको जानकारी अनुसार चीनको स्वायत्त क्षेत्र तिब्बतको सरकारले नेपाललाई ३० हजार लिटर झोल अक्सिजन र ८ सय थान अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन सिलिण्डर, ५ वटा भेन्टिलेटर, २०० आईसीयु बेड र १५ हजार एण्टिजेन किट प्रदान गरेको छ ।
ती सामानहरु त्यहाँको सरकारले नेपाली बाणिज्यदूत ढकाललाई एक समारोहबीच हस्तान्तरण गरिसक्नुभएको छ ।
https://twitter.com/PRCAmbNepal/status/1395229496823881733
नेपालका लागि चिनिया राजदूत होउ याड.छीले पनि आफ्नो ट्वीटरमार्फत यसको जानकारी दिनुभएको छ ।
हिजोमात्रै चीनको सिचुआन प्रान्तको सरकारले दिएको आपत्कालीन औषधोपचारका उपकरण र स्वास्थ्य सामग्री लिएर एअरबस एअरबसको ३३०३०० जाहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ।
कोरोनाको दोस्रो लहरले नेपालका धेरै नागरिक बिरामी परेका छन्। देशैभर अक्सिजनको हाहाकार भएको छ।
विश्व स्वास्थ्य संगठनले नै नेपाललाई विश्वका देशले आपतकालीन सहयोग आवश्यक रहेको बताइसकेको छ


















