Prakash Adhikari May 27, 2021

 

 

काठमाडौं, ११ जेठ । बंगालको खाडीमा विकसित भएको यास नाम गरिएको चक्रवातको कारण नेपालका अधिकांश स्थानमा आज दिनभर र राति पनि बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले अहिले प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाउदै  प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भने  हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

मौसममा आज रातमा पनि सुधार नआउने जनाइएको छ । महाशाखाका अनुसार आज राति पन देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश  स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा
 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८०२१३ बिहान :०० बजे)


मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १३ गते  (विहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश  स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती,  तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १४ गते  (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १५ गते  (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भेगका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


प्रदेश १, प्रदेश २, बाग्मती,  तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली  र उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि जल तथा मौसम विभागको बुलेटिनलाई आधार मान्दै भारी बर्षा हुने भएकोले सतर्कता अपनाउन र हिमाली र उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्राका गतिविधिहरु यथास्थितिमा राखी पर्यटकहरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

भारतमा जनधनको क्षति

ओडिशा राज्य

पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यास् नामक चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएका विवरण आएका छन्।

उक्त चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा निकै प्रभाव पारेको छ।

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका १० लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो।

महामारीका बेला थप विपद्

दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो।

अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १ सय ५० जनाको ज्यान लिएको थियो।

कोभिड महामारी झेलिरहेको भारतमा शक्तिशाली समुद्री तुफान

भारत कोभिड १९ को घातक महामारीको चपेटामा परेकै बेला यी प्राकृतिक विपद् आइपरेका छन्।

यास् चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा निम्त्याएको छ।

विस्थापन

विस्थापन

घरहरू भत्किएका छन् भने ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएका छन्।

चक्रवात आउनु अगावै तटीय क्षेत्रबाट १० लाखभन्दा धेरै मानिसलाई उद्धार गरेर अन्यत्र लगिएको थियो।

भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको जनाएको छ।

क्षतिका विवरण

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले त्यहाँ ३ लाख घरमा क्षति पुगेको र दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको बताउनुभएको छ।

एक जनालाई छालले समुद्रतर्फ बगाएको र अर्का चाहिँ घर भत्किएर मारिएको उहाँले बताउनुभयो।

ओडिशा राज्यमा रूख ढल्नाले दुई जनाको ज्यान गएको विवरण आएका छन्।

कोभिड१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन्।

विध्वंस

विध्वंस

तर १० लाख विस्थापितलाई राख्नुपर्दा त्यहाँ सामाजिक दूरी कायम गर्न कठिन हुने ठानिएको एएनआई समाचार एजेन्सीले जनाएको छ।

बाङ्ग्लादेशमा १५ हजार मानिसलाई आश्रयस्थलमा पठाइएको बताइएको छ।

अधिकारीहरूले त्यहाँ एकजना रूखले किचेर मारिएको जानकारी दिएको एएफपी समाचारसंस्थाले जनाएको छ।

भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि प्रभाव पर्ने ठानिएको छ।

ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले बुधवार सबै उडान रोकेका थिए।

Share Now

Leave a comment.