मस्कट(ओमान), ३ असोज । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफनो अन्तिम खेलमा नेपाली बलरहरु चम्किदा ओमान १सय २१ बलमा समेटिन परेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको खेलमा नेपाली बलर हाबी हुँदा ओमान रन जोडन चुकेको हो ।
खेलमा तेस्रो ओभरको चौथो बलमा करन के.सीले जतिन्दर सिंहलाई आउट गरे । सातौ ओभरको पाचौ बलमा सुफयान महमूद फेरी करनकै धरापमा परे । नवौं ओभरको पाँचौ बलमा करनबाट आयान खान आउट भए ।
बाह्रो ओभरको छैठौं बलमा सन्दीप लामिछानेले मोहम्मद नदिमलाई मैदान बाहिर पठाए । चौधों ओभरको चौथो बलमा सुरज कुमारको विकेट लिएका सन्दीपले लगत्तै सोही ओभरको पाँचौ बलमा नेष्टर धम्बालाई धरापमा पारे ।
बाइसौं ओभरको दोस्रो बलमा शरद भेषवाकरले सन्दीप गौडको विकेट लिए ।भेषवाकरले ३० औं ओभरको चौथो बलमा नसिम खुसीको विकेट लिए ।
आत्मबल बढेका नेपाली बलरहरु त्यतिमा रोकिएनन । पैतिसौं ओभरको तेस्रो बलमा करन केसीले जिशन मक्सूदलाई आउट गरे ३८ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानले बिलाल खाँनलाई आउट गर्दै खेलको इनिड. समाप्त पारिदिए ।
आजको खेलमा ओमानका खेलाडीहरु मैदानमा टिक्न सकेनन् । ५० ओभरको निर्धारित खेल ३८औं ओभरको पहिलो बलमा नै समाप्त गर्न बाध्य भए ।
आजको खेलमा ओमानका तर्फबाट क्याप्टेन सिजन मक्सूदले ४१,जतिन्दर सिंहले १३,नासिम खुसीले १२,कलिमुल्लाहले ११, बिलाल खानले ९,सन्दीप गौडले ५,आयन खाँनले ७ र मोहम्मद नदीमले ४ रन जोडे ।
अहिले नेपालको इनिड. चलिरहेको छ । नेपालका ओपनिड. ब्याट्सम्यान कुशल भूर्तेल ६ रन बनाउदा आउट भएका छन् ।कप्तान ज्ञानेन्द्र मल्लले ३५ र आशिफ शेखले २७ रन बनाएका छन् ।
नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आजको खेल खेल्नेछन् ।
नेपालले कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।
त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो ।
शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
लिगमा सात खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने १२ खेलबाट २० अङ्क बटुलेको ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ ।


















