मस्कट(ओमान), ३ असोज । आइसीसी विश्वकप लिग २ अन्तरगत ओमान र अमेरिकासंगको त्रिकोणीय खेलका लागि ओमान भ्रमणमा गएको नेपाली टोलीले आफ्नो अन्तिम खेलमा ओमानलाई शानदार ढंगले पराजित गर्दै श्रृखलाको सुखद् अन्त्य गरेको छ ।
आज ओमानको अलइमिराट क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोेजेको नेपाली टीमले ओमानलाई रन जोड्नबाट रोक्न राम्रो कसरत गर्यो । नेपालले ओमानलाई ३८ औं ओभरको पहिलो बलमा १ सय २१ रन बनाएको अवस्थमा अल आउट गराउने सफलता पायो ।
ओमानको घरेलु मैदानमा पाएको जम्मा १ सय २२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १९ औं ओभरको तेस्रो बलमा १ सय २२ रन जोड्दै हासिल गरेको थियो ।
नेपालका लागि आजको खेलमा क्याप्टेन ज्ञानेन्द्र मल्लले २ छक्का र ४ चौकाको मद्दतले अविजित ५२ रन जोडे । आशिफ शेखले ७ चौकाको मद्दतले ४० रन जोडे ।कुशल भूर्तेल र रोहित पौडेलले ६ । ६ रन जोडे भने शरद भेषवाकरले १ रनको योगदान गरे ।
बलरहरुको उत्कृष्ट प्रदर्शन

आजको खेलमा नेपाली बलरहरु चम्किदा ओमान १सय २१ बलमा समेटिन पुग्यो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको खेलमा नेपाली बलर हाबी हुँदा ओमान रन जोडन चुकेको थियो ।
खेलमा तेस्रो ओभरको चौथो बलमा करन केसीले जतिन्दर सिंहलाई आउट गरे । सातौ ओभरको पाचौ बलमा सुफयान महमूद फेरी करनकै धरापमा परे । नवौं ओभरको पाँचौ बलमा करनबाट आयान खान आउट भए ।
बाह्रौ ओभरको छैठौं बलमा सन्दीप लामिछानेले मोहम्मद नदिमलाई मैदान बाहिर पठाए । चौधों ओभरको चौथो बलमा सुरज कुमारको विकेट लिएका सन्दीपले लगत्तै सोही ओभरको पाँचौ बलमा नेष्टर धम्बालाई धरापमा पारे ।
बाइसौं ओभरको दोस्रो बलमा शरद भेषवाकरले सन्दीप गौडको विकेट लिए ।भेषवाकरले ३० औं ओभरको चौथो बलमा नसिम खुसीको विकेट लिए ।
आत्मबल बढेका नेपाली बलरहरु त्यतिमा रोकिएनन । पैतिसौं ओभरको तेस्रो बलमा करन केसीले जिशन मक्सूदलाई आउट गरे भने ३८ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानले बिलाल खाँनलाई आउट गर्दै खेलको इनिड। समाप्त पारिदिए । नेपालका करन केसीले प्लेयर अफ द म्याचको उपाधि जिते ।
आजको खेलमा ओमानका खेलाडीहरु मैदानमा टिक्न सकेनन् । ५० ओभरको निर्धारित खेल ३८औं ओभरको पहिलो बलमा नै समाप्त गर्न बाध्य भए ।
आजको खेलमा ओमानका तर्फबाट क्याप्टेन सिजन मक्सूदले ४१,जतिन्दर सिंहले १३,नासिम खुसीले १२,कलिमुल्लाहले ११, बिलाल खानले ९,सन्दीप गौडले ५,आयन खाँनले ७ र मोहम्मद नदीमले ४ रन जोडे ।
नेपालले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको थियो । अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखले आज अन्तिम ११ मा स्थान पाए भने कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखिएको थियो ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।
त्यस्तै मङ्गलबार भएको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो ।
शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । यी दुवै खेलहरु नेपालले उपयुक्त रणनीति लिन नजान्दा गुमाएको थियो । ब्याटिड.भन्दा बलिड. राम्रो भएको नेपालले पहिले ब्याटिड.रोज्दा खेल गुमाएको थियो भने अमेरिकासगको दोस्रो खेलमा नेपाली ब्याट्सम्यानहरुले उसंग अघिल्लो खेल जितेको धड.धड.ीमा मैदानमा टिक्नभन्दा छक्का चौका बर्षाएर रन छिटो जोड्ने रणनीति अख्तियार गर्दा शीर्षक्रमका ब्याट्सम्यानहरु चाडै धराशायी हुन गएका कारण ब्याटिड.को भार बलरमाथि पर्यो । क्षमता नभएको ब्याटिड.मा ऊर्जा खर्चेका बलरहरुको क्षमता लगत्तै बलिड. गर्दा ह्रास हुन गयो । परिणाम जित्नसक्ने दुवै खेल नेपालले गुमायो ।
आइतबारको खेलपछि नेपालले ८ खेलमा ४ जित र ४ हारसहित ८ अङ्क जोडेको छ । नेपाल अहिले सात राष्ट्रमा चौथो स्थानमा उक्लेको छ । ओमान १३ खेलबाट २० अङ्क बटुल्दै अंकतालिकाको शीर्षमा पुगेको छ भने अमेरिका १५ खेलमा ७ जित र ८ हारसहित १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थान ९ अंक सहित स्कटल्याण्डले लिएको छ । उसले ८ खेलमा ४ जित, ३ हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।


















