Prakash Adhikari October 30, 2021

लण्डन, १३ कात्तिक (रासस)  । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पे्रमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो । विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पे्रमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाको कार्यक्रम

प्रधानमन्त्री देउवाका भेटघाटहरु शनिबार बिहानदेखिनै लन्डन दूतावासमा शुरु हुनेछन् । उहाँले बेलायती लर्ड( सांसदहरु , पूर्वमन्त्रीहरु , ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल पदाधिकारीहरुलगायतका बेलायतीहरुसँग भेट्ने कार्यक्रम छ । ती भेटघाटहरुपछि प्रधानमन्त्री देउवासँग एनआरएनए यूके र नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरुले पनि छुट्टै भेटबार्ता हुनेछ ।

प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसदको नेपाल मामिला हेर्ने अन्तरपार्टी संसदीय समितिका तर्फबाट शनिबार साँझ बिशेष ूरिसेप्सनू कार्यक्रमकोआयोजना हुँदैछ ।

उक्त रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधि लगायतका उच्च अधिकारीको सहभागिता हुने बुझिएको छ ।

आइतबार पनि प्रधानमन्त्री देउवाका भेटघाट निरन्तर हुनेछन् । त्यसैदिन दूतावासले प्रधानमन्त्रीको सम्मानमा दूतावासमा एक रिसेप्सन आयोजना गर्नेछ। जसमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि आमन्त्रित छन् ।
त्यसैदिन वर्ल्ड इनर्जी काउन्सिलका अधिकारीहरुका साथै सोही दिन भूतपूर्व गोर्खाका प्रतिनिधि समेतलाई भेट्ने प्रधानमन्त्रीको कार्यक्रम छ ।

उता ग्लास्गो साइडलाइनमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष जलवायु दूत जोन केरी लगायतलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ र २ मा कोप–२६ अन्तर्गतको विश्व नेताहरुको सम्मेलनलाई सम्बोधन गर्ने हुनुभएको छ । उहाँले त्यहाँ नेपालको तर्फबाट जलवायु मुद्दा समेट्दै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.