Prakash Adhikari October 29, 2021

शारजहाँ(संयुक्त अरब इमिरेट्स), १२ कार्तिक । आईसीसी टी २० विश्वकप अन्तर्गत सुपर १२ चरणको समुह ‘१’ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वेष्टइण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको छ।

शारजाह स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिड.मा उत्रिएको वेष्टइण्डिजले दिएको १ सय ४३ को लक्ष्य बंगलादेशले हासिल गर्न सकेन । उसले पूरै २० ओभर खेल्दा १ सय ३९ रन मात्र जोड्यो र नतिजा वेष्टइण्डिजलाई सुम्पियो ।

बंगलादेशका लागि लिन्टन दासले ४४, क्याप्टेन महमदुुल्लाहले अविजित ३१, मोहम्मद् नायम र सौम्य सरकारले १७ । १७ रन , सकिब अल हसनले ९, मुस्फिकर रहिमले ८ र अफिफ होसेनले २ रनको योगदान दिएका थिए ।

बंगलादेशलाई रोक्ने क्रममा रभि रामपल, जोशन होल्डर,आन्द्रे रसेल,अकिल होसेन र द्धैन ब्राभोले समान एक एक विकेट लिए ।

यस अगाडि टस हारेर ब्याटिड.मा परेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४२ रन बनाउदै बंगलादेशलाई १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

वेस्टइन्डिजको लागि निकोलस पुरनले सर्वाधिक ४० रन तथा रोस्टन चेजले ३९ रन बनाए। कप्तान काईरन पोलार्डले १४ रन तथा जेसन होल्डरले अविजित १५ रन बनाए।

खेलमा क्रिस गेल ४, इभिन लुइस ६ शिमरन हेटमायर ९ , आन्द्रे रसेल खाता नखोली तथा ड्वेन ब्राभो १ रन बनाएर आउट भएका थिए।

वेष्टइण्डिजलाई रोक्न बंगलादेशको बलिंगमा मेहदी हसन , मुस्तफिजुर रहमान र शोरीफुल इश्लामले समान दुई दुई विकेट लिएका थिए।

आजको खेल जितेर वेष्टइँण्डिजले समूहमा आफूलाई सुरक्षित स्थानमा राखेको छ । यस अगाडिका दुवै खेल वेष्टइण्डिज र बंगलादेशले हारेका थिए । वेष्टइण्डिज पहिलो खेलमा इंग्ल्यान्डसंग ६ विकेटले तथा दोश्रो खेलमा दक्षिण अफ्रीकासंग ८ विकेटले पराजित भएको थियो। सुपर १२ चरणको पहिलो खेलमा बंगलादेश श्रीलंकासंग ५ विकटले तथा इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको थियो ।

समूह १ मा इंग्ल्याण्ड दुई खेलमा ४ अंकसहित पहिलो, अष्ट्रेलिया दुई खेलमा ४ अकसहित दोस्रो,साउथ अफ्रिका दुई खेलमा २ अंकसहित तेस्रो,श्रीलंका दुई खेलमा दुई अंकसहित चौथो,वेष्ट एण्डिज तीन खेलमा दुई अंकसहित पाँचौ स्थानमा छ भने बंगलादेश ३ खेलमा पराजय भोग्दै शून्य अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

Share Now

Leave a comment.