Prakash Adhikari October 29, 2021

च्यासल(ललितपुर), १२ कार्तिक । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट १  हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर १ हजार ९ सय ९९ कायम गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकले प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभर निर्वाचन गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा लागि प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोटिङ र समीक्षाको कार्यसूची राखिएको थियो ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट १ हजार ५ सय ३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट २ सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । बैठकमा महाधिवेशनमा प्रयोग गरिने विद्युतीय मतदातको नमूना अभ्यास गरिएको थियो ।

दुई केन्द्रीय सदस्यको सपथ

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराउनुभएको थियो ।

Share Now

Leave a comment.