आबुधाबी(संयुक्त अरब इमिरेट्स), २० कार्तिक । टी २० क्रिकेट विश्वकप अन्तरगत शनिवार भएको खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
सुपर १२ चरणको अन्तिम खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गर्दै पाँचौ खेलमा चौंथो जित हासिल गरेको हो।
शेख जायद स्टेडियम, अबुधाबीमा भएको खेलमा वेस्टइण्डिज दिएको १सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर १६.१ ओभरमै पूरा गरेको थियो।
अस्ट्रेलियाको लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ८५ रन बनाए भने मिचेल मार्शले ५३ रन बनाए।
अष्ट्रेलियालाई रोक्ने क्रममा वेटइण्डिजका बलर क्रिस गेल र अकेल होसेनले समान एक एक विकेट लिए।
टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ५७ रन बनाएको थियो।
वेस्टइन्डिजको ब्याटिंगमा कप्तान काईरन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने इभिन लुइसले २९, शिमरन हेटमायरले २७, आन्द्रे रसेलले अविजित १८, क्रिस गेलले १५ रन तथा ड्वेन ब्राभोले १० रन बनाए।
वेष्ट एण्डिजलाई रोक्ने क्रममा अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले ४ विकेट विकेट लिए भने मिचेल स्टार्क , प्याट कमिन्स र एडम जाम्पाले समान एक एक विकट लिए।
अंकतालिका र समीकरण

आजै हुने दोश्रो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको खण्डमा समुह ‘१’ को दोश्रो स्थानमा रहँदै अष्ट्रेलिया सेमिफाइनल पुग्नेछ।
दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा भने नेट रन रेटको आधारमा इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका मध्ये दुई टिम सेमीफाइनल पुग्नेछ। अस्ट्रेलियाको नेट रन रेट ं१.२१६ रहेको छ भने दक्षिण अफ्रीकाको ं०.७४२ रहेको छ।


















