Prakash Adhikari February 6, 2022

 

काठमाडौं, २३ माघ । नेपालमा विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ भने थप १ हजार ३ सय ८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार आइतबार थप ८ हजार ७ सय ४ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५ हजार २ सय ४८ छ।

तीमध्ये अधिकांश अधिकांश काठमाडौं उपत्यकाका तीन जिल्लामा भए पनि विभिन्न प्रदेशका केही जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या उल्लेख्य देखिएको छ।

उपत्यकाका काठमाडौंमा ९ हजार ८ सय ५८, ललितपुरमा ८ हजार ८ सय ६१ र भक्तपुरमा ३ हजार १ सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन्।

विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।

चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।

कहाँ छन् सङ्क्रमित ?

अहिले उपत्यकाबाहिर झापा, मोरङ, सुनसरी, धनुषा, काभ्रेपलान्चोक, कास्की, बाँके, रूपन्देही र कैलाली जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

विगत २४ घण्टामा ६ हजार ४ सय ४३ पीसीआर र २ हजार ८ सय ८ एन्टिजन विधिबाट गरी कुल ९ हजार २ सय ५१ वटा परीक्षण भएका थिए।

तीमध्ये १८.४ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो।

कोभिड सङ्क्रमणको तेस्रो लहर उच्चबिन्दुमा पुग्दा गत माघ ८ गते परीक्षण गरिएका मध्ये ५०.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो।

पुसको अन्तिम सातादेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्या गत सातादेखि ओरालो लाग्न थालेको देखिन्छ।

एक साताअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।

Share Now

Leave a comment.