काठमाडौं, २८ आषाढ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गर्न लागेको ‘नेपाल टी(२०) लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आधिकारिक मान्यता दिएको छ ।
क्यानले एक विज्ञप्ति जारी गर्दै नेपालटी २० देशकै पहिलो र एक्लो आधिकारिक टी २० क्रिकेट लिएको जानकारी दिएको छ ।
नेपाल टी २० प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ ।
नेपाल क्रिकेट संघकै प्रयासमा नेपाली राष्ट्रिय टिमको अष्ट्रेलिया भ्रमण हुने पनि सेप्टेम्बर मै हुने बताइएको छ ।
नेपाल क्रिकेट संघ राष्ट्रिय प्रतिष्ठाको विषय बनेको नेपाल टी २० को तयारीमा लाग्छ कि भ्रमणका भोका खेलाडीहरुलाई अष्ट्रेलिया डुलाउन लाग्छ ? यो प्रश्न अहिले क्यानका पदाधिकारीसामु उपस्थित भएको छ ।
आइसीसीले मान्यता दिएको र नेपालको एकमात्र लिग बनाउन खोजिएको नेपाल टी २० का सबै फ्रेन्चाइजमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडी पनि सामेल हुने भएकोले नेपाल टी २० लिगमा नेपालका राष्ट्रिय खेलाडीहरुको प्रतिभा जति तिखारिन सक्छ, नेपाल छोडेर अन्य काम गर्न अष्ट्रेलिया पुगेका अव्यवसायिक नेपाली क्रिकेटरहरु संलग्न रहेको क्लबबाट नेपाली खेलाडीहरुले सिक्ने अवसर कम पाउछन् ।
यता नेपालको राष्ट्रिय लिगको पनि तयारी गर्ने र सोही समयमा हरेक बर्ष अष्ट्रेलिया भ्रमण गर्ने संझौता गरेर नेपाल क्रिकेट संघमा व्यवसायिक क्रिकेटको विकास गर्ने र विदेश भ्रमणमा र्याल काढ्ने दुइथरी पदाधिकारी रहेको छरपष्ट भएको छ ।
क्यानको वर्तमान नेतृत्वले नेपालको छिमेकमा रहेका भारत,पाकिस्तान,बंगलादेश र श्रीलंका जस्ता टेष्ट राष्ट्रका टिमसंग मैत्रीपूर्ण अभ्यास खेल्न छोडेर अमेरिका,क्यानडा र अष्ट्रेलिया घुम्ने प्रवृत्तिलाई बढ्वा दिएको आरोप लागेको छ ।
क्रिकेट प्रेमीहरुका अनुसार अमेरिका,क्यानडा र अष्ट्रेलियामा एकपटक गर्ने भ्रमण खर्र्चमा सार्क क्षेत्रका जुन देशमा गएपछि ४ पटक भ्रमण गर्न पुग्छ ।


















