Prakash Adhikari July 12, 2022

काठमाडौं, २८ आषाढ । शेयर स्वाप रेसियो बढी मागेको आरोप लगाउदै सिभिल बैंकलाई गाभ्ने निर्णयबाट अन्तिम समयमा पछाडि हटेको हिमालयन बैंक राष्ट्र बैंकको संभावित कारबाहीका कारण सिभिल बैंकसंगै ठोक्किन आइपुगेको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार दुवै बैंकका सञ्चालकहरुबीच मंगलबार मध्यरातमा सहमति भएको छ ।

मध्यरातमा भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००ः ८१ हुने छ । अर्थात सिभिल बैंकमा १०० कित्ता सेयर हिमालयन बैंकमा गाभिदा ८१ कित्ता सेयरमा परिणत हुनेछ ।

गाभिए पछि बन्ने संस्थाको नाम हिमालयन बैंक हुने तथा सञ्चालक समितिमा पनि हिमालयन बैंकको नै रहने छ ।
एकीकृत कारोबारपछि हुने साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने छ ।

सिभिल गाभिएपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा रहनुहुनेछ । सीइओपछि दोस्रो बरियताको डेपुटी सीइओमा सिभिल बैंकका सीइओ सुनिल पोखरेल हुनुहुनेछ ।

दुवै बैंकका विचमा कर्मचारी समायोजनदेखि लिएर स्वाप रेसियोमा कुरा मिलेको थिएन । मंगलबार १० बजे राति कुरा मिलेको बताइन्छ ।

सिभिलले बढी मागेको आरोप लगाउदै झोक्एिर मर्जरबाट बाहिरिएका हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठ अर्को बाणिज्य बैंक नपाएर पुनः सिभिलसंग ठोक्किन आइपुग्नुभएको बताइन्छ । हिमालयनले ताकेको अर्को बैंक सेञ्चुरीले प्रभु बैंकसंग मर्जर जाने तारतम्य मिलाइसकेको छ ।

हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेपछि राष्ट्र बैंकको कारवाहीबाट बच्न अर्को वाणिज्य बैंकसँग मर्जर वा एक्विजेशन गर्नुपर्ने बाध्यता थियो ।

सिभिलसंगको मर्जर प्रकृयाबाट विच्किदा हिमालयनको साखःमा पनि धक्का लाग्दै जान थाल्यो । पहिले छोडेको इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरमा जाने सहमति गरिसकेकोले कम्तिमा पूँजी कोषमा पनि मर्जरपछिको इन्भेष्टमेण्ट बैंकको हाराहारीमा पुग्न हिमालयन बैंकमा सिभिललाई गाभ्नै पर्ने खण्ड आइपर्यो र ।

 

Share Now

Leave a comment.