Prakash Adhikari August 5, 2022

काठमाडौं, २० श्रावण। सत्तारुढ पाँँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी आम निर्वाचनमा तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ ।

आज बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडे गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।
११ सदस्यीय उक्त कार्यदलमा नेपाली कांग्रेसबाट तीन र बाँकी दलबाट दुई–दुई जना रहने निर्णय भएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहनु भएको छ ।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहनु भएको छ ।

कार्यदलको बैठक चाँडै बस्ने जानकारी नेकपा एकीकृत समाजवादीका महासचिव बेदूराम भुसालले दिनुभएको छ ।

Share Now

Leave a comment.