Prakash Adhikari September 30, 2022

काठमाडौं, १४ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको १८ प्रतिशत भूगोललाई आजदेखि औपचारिक रुपमा आफूमा गाभेको घोषणा गर्नुभएको छ।

केही दिनअघि गरिएको प्रायोजित जनमत संग्रहमा यो १८ प्रतिशत भूभागका बासिन्दाले सो भूभाग रुसमा गाभ्न अनुमति दिएको दावी रुसले गर्दै आएको छ ।

जनमत संग्रह हासिल गरेपछि रूसले युक्रेनका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेरसन र जपोरिजियालाई औपचारिक रुपमा आफ्नो सीमामा गाभको एक सम्झौतामा पनि हस्ताक्षर भएको छ।

रुसी नियन्त्रणमा रहेका यी शहरका प्रमुखहरुलेले हेड क्रेमलिनको सेन्ट जर्ज हलमा आवश्यक दस्तावेजमा हस्ताक्षर गरेका थिए। युक्रेन र पश्चिमी देशले रुसको यो कदमलाई जबरजस्ती विलय भन्दै कडा आपत्ति जनाएका छन्।

यसबारे रूसले भनेको छ, “हामीले पाँच दिन (२३ सेप्टेम्बरदेखि २७ सेप्टेम्बर) सम्म ​​​​​​ जनमत संग्रह गरायौँ। यसमा मिलेको समर्थनका आधारमा हामीले युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभेका र्हा। यसका लागि कानुनी रुपमा मतदान गराइसकेका छौँ।”

रूसले युद्धको शुरुवातमा डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषित गरेको थियो। खेरसनमा पनि कब्जा जमाएको थियो। जपोरिजिया शहरमा पछिल्लो महिना कब्जा गरेको थियो।

युक्रेनका चार शहरलाई मिलाउने अवसरलाई रूसले विशेष दिवसका रुपमा मनाएको छ। रूसको राष्ट्रिय सञ्चारमाध्यमले आज हुने कार्यक्रमलाई देश मिलाउने खुसियालीका रुपमा मनाइएको बताएका छन् ।

यो औपचारिक कार्यक्रमलाई प्रशारण गर्न मस्कोको रेड स्क्वायरमा होर्डिङ र एक ठूलो भिडिओ स्क्रि लगाइएको छ। यस क्रममा कयौँ सडक बन्द रहे।
पश्चिमी देशहरुले युक्रेनको भूभाग रुसमा मिलाउने कदम लाई लिएर सुरुदेखि नै विरोध गरिरहेका छन्।

अब युक्रेनका ४ इलाकालाई गाभेर रूस पश्चिमी देशलाई आफूलाई कसैले रोक्न नसक्ने सन्देश दिन खोज्दैछ। सन् २०१४ मा रूसले यही प्रक्रियाअनुसार क्रिमियामा पनि कब्जा जमाएको थियो। जसको पश्चिमी देशले विरोध गरेका थिए।

Share Now

Leave a comment.