काठमाडौं, ६ कार्तिक । राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालक नेपाल वायुसेवा निगमले निकट भविष्यमा चीनको ग्वाञ्जाओ, भारतको गुजरात प्रान्तको राजधानी अहमदावाद र सिगापुर हुँदै अष्ट्रेलियासम्म आफ्नो सेवा विस्तार गर्ने भएको छ ।
गत असोज २६ गते भारतको व्यापारिक शहर मुम्बई र आईटी शहर बैड.लोरमा असोज ३१ गते निगमले आयोजना गरेको ब्यापार प्रर्बद्धन तथा निगमका टिकट विक्रेताहरुसंगको भेला र अन्तरक्रिया कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सो जानकारी दिनुभएको हो ।
भारतीय पर्यटकले नेपालको पर्यटनमा उल्लेखनीय योगदान गर्ने ठहर गर्दै निगमले भारतमा प्रबद्र्धन कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमलाई संबोधन गदै कार्यकारी अध्यक्ष अधिकारीले नेपाल सरकारले सन २०२३ देखि २०३३ सम्म एक दशकलाई पर्यटन दशक घोषणा गरेको नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र पर्यटकीय नगरी पोखरामा पनि क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवस्थामा पुग्न लागेकोले नेपाल जाने भारतीय पर्यटकका लागि सीधा उडानका विकल्पहरु रहेको बताउनुभयो ।
The national flag carrier, Nepal Airlines, has organized a Sales Meet and Interaction on 14th October 2022 at Hotel Trident, Mumbai, aiming to improve sales forecasting and gaining productive insight. At the program participants were from various sectors- Executive Chairman of Nepal Airlines, Mr. Ubaraj Adhikari including Corporate and Finance Director represented Nepal Airlines. Correspondingly, representatives from Nepali community Mr. Bharat Rawal, Mr. Bishnu Rawal and Mr. Devendra Bikram Shah, Travel Agents, Cargo Agents, Vice President of GSA Mr. Mukesh Sharma and an acclaimed musician Mr. Ranjit Gajmer have participated keenly to exchange ideas on sales strategies. Nepal Airlines expresses gratitude to all the participants.


सो ब्यापार प्रबद्र्धन कार्यक्रममा निगमकी संस्थागत विभागकी निर्देशक अर्चना खड्काले भारतीय पर्यटकका लागि नेपाल निकटको सर्वोत्तम गन्तव्य भएको बताउनुभयो । उहाँले हिन्दु धर्म र बौद्ध धर्मका तीर्थस्थलहरु नेपालमा रहेकोले धार्मिक झुकाव भएका भारतीयका लागि नेपाल सुगम बनिरहेको बताउनुभयो । त्यस्तै उहाँले सुन्दरताका उपासकहरुलाई नेपालका सुन्दर हिमाल, निकुञ्जहरु आकर्षणको केन्द्र भएको बताउनुभयो ।
कार्यक्रममा निगमका बाणिज्य विभाग निर्देशक जनकराज कलाखेती, अर्थ विभागकी निर्देशक अनिशा खड्का र निगमका कानूनी सल्लाहकार सुशील पन्तले पनि निगमको बारेमा प्रकाश पार्नुभएको थियो ।



गत बर्ष कार्तिक १२ गते निगममा कार्यकारी अध्यक्षको जिम्मेवारी लिनुभएका अधिकारीले नेतृत्व सम्हाले पछि झण्डै टाट पल्टिन लागेको निगममा ब्यापक सुधार भएको छ ।
निगमले यही बीचमा साउदी अरेबियाको रियादमा आफ्नो नियमित उडान सुरु गरिसकेको छ । भने दुई न्यारो र दुई वाइडबडीका जहाज खरिद गर्दा लिएको कर्जाको साँबा ब्याजको किस्ता पनि नियमित भुक्तानी गर्न थालेको छ । विगतमा कोरोना र निगमको अब्यवस्थापनका कारण यस्तो किस्ता भुक्तानी गर्ने सामाथ्र्य निगमले गुमाउदै गएको थियो ।


















