Prakash Adhikari August 18, 2026

 

काठमाडौं, २ भाद्र । साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार उकालो लाग्न सकेन । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो यात्रामा रहेको शेयर बजार आज पनि सोही लयमा देखिएको छ ।

मंगलबार नेपालको धितोपत्र बजार परिसूचक १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा अडिएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको शेयरमूल्य यस दिन ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ भने माउन्ट एभरेष्टको शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

Symbol  Close Price  Pt. Change  % Change  Total Traded 
ALBSL 1,101.90 7.40 0.68 8,104
BARUN 317.00 0.80 0.25 19,590
BBC 4,108.00 19.00 0.46 220
BFC 485.00 1.50 0.31 43,951
BNT 11,600.00 48.00 0.42 20
CBBL 936.00 1.00 0.11 9,843
CIT 1,703.00 2.00 0.12 4,049
CKHL 599.00 2.40 0.40 1,547
CYCL 1,490.00 30.00 2.05 11,092
EBL 729.00 1.00 0.14 30,911

 

कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १०.६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ। यस दिन ५० करोड ६८ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ।

Symbol Current Chng Chng %
1,443.05 -8.63 -0.59
5,533.91 -33.15 -0.59
2,338.62 -8.95 -0.38
7,254.24 -61.97 -0.84
3,710.41 -34.55 -0.92
95.93 -0.80 -0.83
11,670.68 -90.33 -0.76
10,330.73 -147.06 -1.40
4,529.07 -17.01 -0.37
20.87 -0.14 -0.70
10,459.52 -60.66 -0.57
1,920.03 -18.92 -0.97
3,257.86 13.44 0.41

 

Share Now