काठमाडौँ, ६ मङ्सिर ६ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने संकेत दिएको छ।
निर्वाचन आयोगका अनुसार सयभन्दा बढी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्कबमोजिम नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ स्थान जितिसकेको छ भने ४७ स्थानमा अग्रता लिएको छ ।
नेकपा एमालेले एक स्थानमा जितिसकेको छ भने ३७ स्थानमा अग्रता लिएको छ ।
नेकपा माओवादीले १२ स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ स्थानमा । एकीकृत समाजवादी पार्टीले ७ स्थानमा अग्रता लिएको छ भने नागरिक उन्मुक्ति पार्टीले ४ स्थानमा । अन्य पार्टी तथा स्वतन्त्र उम्मेद्वारहरुले १४ स्थानमा अग्रता लिएका छन् ।


















