काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–४ बाट विजयी हुनुभएको छ ।
कांग्रेस महामन्त्री थापाले २१ हजार ३ सय २ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका डा. राजनकुमार भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरे ।
राप्रपाका डा. ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुनकुमार प्रसाईँले २ हजार ३ सय ८ मत पाउनुभएको थियो ।
थापाको जीतपछि उहाँका समर्थकहरुले मतगणना स्थलबाहिर नाचगान गरी खुसीयाली मनाएका छन् ।


















